शिखर इन्स्योरेन्स कम्पनी १८ औं बर्षमा प्रवेश

काठमाडौं । नेपालमा गुणस्तरिय निर्जिवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ बिभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तीकोे सक्रियतामा स्थापित शिखर इन्स्योरेन्स कम्पनी १८ औं बर्षमा प्रवेश गरेको छ । कम्पनी स्थापना गर्दा १० करोडको चुक्ता पुँजी भएको कम्पनीको अहिले १७५ करोडो चुक्ता पुँजि रहेको बताइएको छ । कम्पनीको पछिल्लो १५ औ र १६ औं बार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँिज २२८ करोड पुग्ने यस कम्पनीले बिगत १७ बर्ष देखि अनवरत रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । यस क्रममा बीमाको पहुच नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ दैलेख डोटी , डोल्पा जस्ता दुरदराजका जिल्ला सहित कुल १०५ शाखा र निकट भबिष्यमा थप २० शाखा गरी कुल १२५ शाखा मार्फत सेवा प्रदान गर्न सफल रहेको बताइएको छ ।

यस अवधीमा कम्पनीले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ जसमा नेपाल सरकार अर्थमन्त्रालय, अन्तरिक राजश्व बिभाग, ठुला करदाता कार्यालय ललितपुरले आर्थिक बर्ष २०७१/०७२ मा सबैभन्दा बढि कर दाखिाले गर्ने कम्पनीका रुपमा सम्मान पाएको छ ।

नेपाल सरकारको ४९ प्रतिशत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लि. आ.व. २०७५।०७६ र आ.व. २०७६।०७७ मा निर्जिवन कम्पनीहरु मध्ये पुनर्बीमा शुल्क र दाबीका आधारमा सबै भन्दा बढी नाफामुलक व्यबसाय प्रदान गरेकोमा सम्मान पनि कम्पनीले सम्मान प्राप्त गरेको छ ।

jutta mela

बि.स. २०७१, २०७३, २०७४, २०७६ सालमा New Business Age संस्थाबाट  Best Managed Insurance Company पुरस्कार प्राप्त गर्न कम्पनी सफल भएको छ । नेपालको दुर दराज बिकट जुम्ला, कालिकोट, डोल्पा मुगु का जनतालाई बर्षेनि मौषमका कारण स्याउ खेतिमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सुचकाङ्गक बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षति पुर्ति प्रदान गरेकै कारण UK Aid funded Adaptation at Scale prize Asia Network for Sustainable Agriculture and Bioresources (ANSAB) द्वारा २०१९ मा ५०,००० पाउण्डेस्ट्रलिङ बराबर पुरष्कार रासी शिखर इन्स्योरेन्स कम्पनी लि ले प्राप्त गरेको छ ।

आ.व २०७७।०७८ मा निर्जिवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी ३९७ करोडको बीमाशुल्क आर्जन गर्न कम्पनी बन्न सफल कम्पनीले आफ्ना शेयरधनिलाई राम्रो प्रतिफल दिन सफल रहेको कम्पनीले जनाएको छ । कम्पनीलो १० वर्षे कार्यकाल पुरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ । हालसम्म दश बर्ष कार्याकाल पुरा गरेका कर्मचारीको संख्या ७० छ । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५६ जना कर्मचारीहरुले रक्तदान गरेका थिए ।

निजिर्वन बीमाको क्षेत्रमा अलग पहिचान सहित अब्बल कम्पनीका रुपमा स्थापित गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण बीमित , नियमनकारी निकाय बीमा समिति, शेयरधनी, शुभेच्छुक, एवम् सम्पुर्ण सरोकारवालामा आभार प्रकट गरेको छ । कम्पनीबाट प्रवाह गरिने सेवा अझ बढी प्रभावकारी गुणस्तरिय आधुनिक प्रबिधिमैत्री बिश्वसनिय बनाउने प्रतिवद्धता कम्पनीले व्यक्त गरेको छ ।

You might also like

Comments are closed.