शिखर इन्स्योरेन्सद्वारा २४ करोड ७ लाख खुद नाफा आर्जन

काठमाडौं ।  शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण आर्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा २४ करोड ७ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३० लाख १० हजार रुपैयाँ नाफा गरेको । कम्पनीको समिक्षा अवधिमा खुद नाफा ०.९५ प्रतिशतले घटेको छ ।

कम्पनीको दाबी भुक्तानी रकम ४२ करोड ४९ लाख ६ हजार १ सय रुपैयाँ पुगेको छ । त्यस्तै, यता, बिमा कोषको आकार ८.१४ प्रतिशतले बढेर १ अर्ब ५३ करोड १९ लाख ८ हजार पुगेको छ । चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ रहेको छ ।

jutta mela

रिजर्भ कोष पुस मसान्तसम्ममा ८ करोड १० लाख भन्दामाथी पुुगेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५८ पैसाले घटेर २१ रुपैयाँ ६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने २१५ रुपैयाँ २१ पैसा छ ।

You might also like

Comments are closed.