शाइन रेसुङ्गाको अफर, ‘फण्ड ट्रान्स्फरमा मोबाइल फोन हातमा’

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्स्फरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ एपबाट कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्स्फर गर्दा स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर २०८०, भदौ १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । मोबाइल बैकिङ एपमा उपलब्ध कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

jutta mela

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी, सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएस न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ ।

कनेक्ट आइपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङमा रहेको कनेक्ट आइपिएसमार्फत प्रति दिन रु. ३ लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ३ लाख भन्दा बढि मोबाइल बैंकिङ प्रयोगकर्ताहरु छन् । बैंकले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.