शाइन रेसुङ्गा मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधा एकीकृत

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । जसले गर्दा बैंकमा वा आईएमइ रेमिटेन्स संकलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन ।

ग्राहकलाई बैंकमा उपस्थित नभइकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

jutta mela

यसअघि, बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो । जसले गर्दा ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे । आगामी दिनहरुमा बैंकले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको विज्ञप्तिमा उल्लेख छ ।

सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो ।

You might also like

Comments are closed.