काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ४९ प्रतिशत घटेको छ । चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ करोड २७ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा १ करोड ६५ लाख मात्र कमाएको छ।कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४९ प्रतिशतले घटेको छ ।
गत आवमा कम्पनीको सञ्चालन नाफा ४ करोड ६८ लाख रहेकोमा चालू आवमा २ करोड ३६ लाखमा सीमित भएको हो ।गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ४९ दशमलव ४८ प्रतिशत घटेको छ ।
कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा १० करोड ४५ लाख र रिटेन्ड अर्निङमा १२ करोड १८ लाख सञ्चित गरेको छ ।
उक्त अवधिसम्ममा कम्पनीले १ अर्ब १८ करोड सापटी लिएर र ९० करोड ५२ लाख निक्षेप संकलन गरेर २ अर्ब ४० करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।
त्यस्तै, प्रतिसेयर आम्दानी ३० दशमलव २९ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ७५ दशमलव ५६ गुणा, तरलता अनुपात १६ दशमलव ८३ प्रतिशत र प्रतिशेयर नेटवर्थ २४९ दशमलव ६७ छ ।दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा १ करोड २९ लाख रहेको छ ।
Comments are closed.