अटोमोबाइल व्यवसाय ८० प्रतिशत ध्वस्त भइसकेको छ

शिव श्रेष्ठ, कोषाध्यक्ष, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा)

अटो मोबाइल क्षेत्रमा कहिलेदेखि आवद्ध हुनुहुन्छ ?

म यो क्षेत्रमा सानै उमेरदेखि आवद्ध छु नै भन्नुपर्छ । पहिला मेरो बुवाको साइकलको पेशा थियो । त्यो चलाएको झन्डै ४५ वर्ष भइसक्यो । त्यसपछि बुवाले एउटा वर्कसप खोल्नु भयो । अहिले त यामाहा भन्छ त्यसबेला राजदुत भन्ने कम्पनी थियो । बुवा र काकाले हेर्नुहुन्थ्यो । मैले एसएलसी दिएर यो क्षेत्रमा सक्रिय रुपमा प्रवेश गरेको थिए । यसमा आवद्ध भएको २५ वर्ष भइसक्यो । पहिला बुवाले साइकलबाट मोटरसाइकल, मोटरसाइकलबाट ट्रयाक्टरको काम गर्नुभयो । हामीले अहिले मेसिनहरु बेच्छौं । अहिले हामीले चारचक्केदेखि लिएर १६ चक्केसम्मका गाडीहरु पनि बेच्छौं । व्यापारलाई बढाउँदै अगाडि बढेका छौं ।

वाडामा कहिलेदेखि आवद्ध हुनुहुन्छ ?

म वाडामा आवद्ध भएको झन्डै २० वर्ष भइसक्यो । वाडा भन्दा पहिला हाम्रो मोटरसाइकल एसोसिएसनसहित दुई वटा संस्था थियो । पछि त्यसलाई गाभेर अहिले वाडा भएको हो ।

वाडामा अहिले कोषाध्यक्ष भएर काम गरिरहनुभएको छ । यहाँको वर्तमान कार्यकाल कस्तो रह्यो ?

आफू जस्तो हुन्छ श्रम पनि उस्तै हुन्छ, मेरो बुझाइमा । आफूले स्वच्छ भावनाले काम ग¥यो भने सबै राम्रै हुन्छ । मेरो वर्तमान कार्यकालमा मैले सजिलो सोचेको सजिलै भएको छ । हामीले आफ्नो कामलाई इन्ज्वाय गरिरहेका छौं । राम्रो र उत्कृष्ट कार्यहरु भएका छन् ।

रारा टुरको संयोजक हुनुहुन्थ्यो । कस्तो रह्यो ?

रारा भ्रमण त मैले कस्तो रह्यो भन्दा पनि साथीभाइहरुले एकदमै रमाइलो र ऐतिहासिर भयो भन्नुभएको छ । एकदमै सजिलोसँग गयांै । थाक्न पनि थाकिएन । फेरि तपाईंले अन्तकतै पनि लिएर जानुपर्छ भन्ने साथीहरुको सल्लाह छ ।

आगामी दिनमा वाडाले के–कस्तो कामहरु गर्नुपर्छ भन्ने सुझाव दिनुहुन्छ ?

आगामी दिनमा वाडाले गर्नुपर्ने कामहरु धेरै छन् । वाडा एउटा व्यवसाय संगठन हो । व्यावसायिक हकहितका क्षेत्रमा काम गर्नुपर्ने प्रमुख दायित्व हाम्रो हाम्रो । हामीले अप्ठेरोमा परेका विद्यार्थीहरुलाई हेर्छौं । दिन दुःखीहरुलाई पनि सहयोग गरेका छौं । सरकारलाई पनि बेलाबेला सानोतिसो सहयोग गर्दै आएका छौं । सहयोगी भावनाले आगामी दिनहरुमा पनि संगठन चलाउनुपर्छ ।

कोभिड पछिको आर्थिक मन्दी अनि एलसीमा कडाइ, गाडीहरुको इम्पोर्टमा कडाइले अटो मोबाइल व्यवसायमा कस्तो असर परेको छ ?

यो त हामीले भन्नुभन्दा पनि समयले देखाइराखेको छ । अटोमोबाइल व्यवसाय ८० प्रतिशत ध्वस्त भइसकेको छ । नेपालमा अबको अवस्था पनि यस्तै हो भने धेरै व्यवसायहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्छन् । यसमा नेपाल सरकारले विचार गर्नुपर्ने हो तर, सरकारले गरिरहेको छैन् । ब्याज ७ प्रतिशत लिने गरेकोमा अहिले १६/१७ प्रतिशतसम्म लिइरहेको छ । यसले व्यापारीहरुलाई एकदमै मार परेको छ । यो देशको आर्थिक स्थितिलाई धरासय बनाउने लक्षण हो ।

You might also like

Comments are closed.