शिवम सिमेन्टको साधारणसभा कातिक २४ गते हुने भएको छ । कम्पनीको कर्पोरेट कार्यालय अनामनगरमा साधारणसभा आह्वान गरिएको हो । लाभांश सहितका अन्य प्रस्तावहरु साधारणसभामा पेस हुने बताइएको छ ।
कम्पनीले आव २०७६‘७७ को मुनाफाबाट कर सहित २४.२१ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश बितरण हुनेछ ।
सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, थप कर्जा लिन अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव साधारणसभामा पेश हुने कम्पनीले जनाएको छ ।
Comments are closed.