शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियान अन्तर्गत चौथो भिडियो सार्वजनिक

काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा अग्रणी ब्राण्डका रूपमा स्थापित शिवम् सिमेन्टले आफ्नो लोकप्रिय क्याम्पेन ‘गुणस्तरको मामलामा नो कम्प्रमाइज’ अन्तर्गत चौथो सामाजिक सन्देशयुक्त भिडियो सार्वजनिक गरेको छ ।

नयाँ भिडियोमा एक जिम्मेवार चिकित्सकको कथामार्फत “जिम्मेवारीको मामलामा नो कम्प्रमाइज” भन्ने सन्देश प्रस्तुत गरिएको छ । भिडियोमा पारिवारिक भ्रमणका लागि निस्किँदै गरेका डाक्टर आकस्मिक रूपमा विरामी आएपछि जिम्मेवारीलाई प्राथमिकता दिँदै शल्यक्रिया (अपरेसन) गर्ने प्रसंग देखाइएको छ ।

यसअघि क्याम्पेनको पहिलो भिडियोमा कर्तव्यनिष्ठ ट्राफिक प्रहरीमार्फत “कर्तव्यको मामलामा नो कम्प्रमाइज” भन्ने सशक्त सन्देश दर्शकसमक्ष प्रस्तुत गरिएको थियो ।  दोस्रो भिडियोमा घरबेटी–भाडावालबीचको सम्झौता र सतर्कतासम्बन्धी कथाले “सर्तकताको मामलामा नो कम्प्रमाइज” भन्ने सन्देश दिएको थियो । तेस्रो भिडियोमा समयपालनको महत्त्व उठान गर्दै “समयको मामलामा नो कम्प्रमाइज” भन्ने सन्देश प्रस्तुत गरिएको थियो, जसमा एक–एक सेकेण्डको कदर गर्नुपर्ने स्मरण गराइएको थियो। यी सबै तीन भिडियो दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए ।

शिवम् सिमेन्टले आफ्नो अभियानलाई केवल विज्ञापन नभई सामाजिक चेतना अभिवृद्धिमा केन्द्रित पहलका रूपमा अघि बढाइरहेको जनाएको छ । “नो कम्प्रमाइज भन्न जित्ति सजिलो छ, तर व्यवहारमा उतार्न कठिन हुन्छ; जसले गर्छ, उसको शिर सदैव उन्चो हुन्छ” भन्ने संदेशमार्फत कम्पनीले गुणस्तरमा कुनै सम्झौता नगर्ने आफ्नो नीति झनै प्रस्ट पारेको छ ।

स्थापना कालदेखि नै शिवम् सिमेन्टले केवल ओपीसी (OPC) सिमेन्ट उत्पादन र वितरण गर्दै आएको छ ।  कम्पनीले गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धलाई व्यवसायको मूल आधार मानेको छ । जस्तोसुकै परिस्थिति आए पनि “नो कम्प्रमाइज” को प्रतिवद्धता कायम राख्दै गुणस्तरीय उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ ।

“गुणस्तरको पहिचान हो शिवम्”, “भरोसा अटूट सम्बन्धको”, र “कर्तव्यको मामलामा नो कम्प्रमाइज” जस्ता नाराहरूले ब्राण्डको मूल सिद्धान्त झल्काउँछन् ।  यही प्रतिबद्धताको परिणामस्वरूप शिवम् सिमेन्ट उत्कृष्ट गुणस्तरमा आधारित ‘एनएस क्वालिटी अवार्ड २०१९’ प्राप्त गर्ने नेपालकै पहिलो सिमेन्ट कम्पनी बनेको छ ।

You might also like

Comments are closed.