शिवश्री हाइड्रोपावर र सिटी होटलले प्राप्त गर्यो शेयर निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सूचीकृत दुई कम्पनीलाई हकप्रद शेयर निष्काशनका लागि स्वीकृति दिएको छ। स्वीकृति प्राप्त कम्पनीहरूमा शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेड रहेका छन् ।

शिवश्री हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने स्वीकृति पाएको हो । यसअनुसार कम्पनीले एक कित्ता शेयर भएकाले थप एक कित्ता अर्थात १:१ अनुपातमा हकप्रद शेयर जारी गर्न पाउनेछ ।  कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेड ले लिएको छ ।

त्यस्तै, सिटी होटल लिमिटेड ले पनि धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीले एक कित्ता बराबर ०.०८० प्रतिशत अर्थात ८ प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ, र सोही अनुपातमा १०० रुपैयाँ अंकित दरमा हकप्रद शेयर निष्काशन गरिनेछ । यस हकप्रद निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेड लाई दिइएको छ ।

धितोपत्र बोर्डले दुबै कम्पनीलाई साउन ४ गते, आइतबार हकप्रद शेयर निष्काशनको लागि स्वीकृति दिएको हो । यी हकप्रद शेयरहरूले दुबै कम्पनीको पूँजी सुदृढ गर्दै आगामी परियोजना तथा व्यवसाय विस्तारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । निवेशकर्ताहरूले छिट्टै सम्बन्धित कम्पनीमार्फत सार्वजनिक सूचना पाउनेछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.