जुत्ता एक्स्चेन्ज मेला जारी, पुराना जुत्ता साटफेर हुने

काठमाडौं । काठमाडौंको पुतली सडकस्थित पद्मोदय मोडमा रहेका जुत्ता शोरुममा संचालन गरिएको जुत्ता चप्पल एक्स्चेन्ज मेला जारी छ । मेलामा पार्टी, अफिस, कलेज, स्पोर्टस, क्याजुअल, लोफर, क्व्याटर, फुललगायतका जुत्ताहरु शोरुममा उपलब्ध छन् । जाडो तथा विवाहको लगनलाई लक्षित गरी सो मेला लम्ब्याइएको संचालक जीवन श्रेष्ठले जानकारी दिए ।

जाडो बढ्दै गएको र विवाहको लगन सुरु हुन थालेसँगै मेलाप्रति ग्राहकहरुको आकर्षण बढ्दै गएको छ ।

मेलामा पुरानो जस्तोसुकै जुत्तालाई ५ सय रुपैयाँ मूल्यांकन गरि एक्स्चेन्ज गरिने छ भने नयाँ जुत्ता चप्पल खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको संचालक श्रेष्ठले जानकारी दिए । ‘पुरानो जुत्ता फोहरमा फाल्नुको सट्टा एक्स्चेन्ज गर्दा धेरै ग्राहक लाभान्वित हुने गरेको हामीले पाएका छौं,’ अर्का सञ्चालक प्रमोद महतोले भने ।

सिंह दरबारतर्फबाट पद्मोदय मोडबाट फनपार्क जाने बाटोतर्फ रहेका केटिएम सुज, सम्राट सुज, स्मार्ट सुज र भेनस सुजको शोरुमले मेला आयोजना गरिएको हो । सोरुममा चार वटा ब्राण्डका ५ सयभन्दा बढी नयाँ डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध रहेको महतोले जानकारी दिए । ‘विवाह तथा पार्टीलाई लक्षित गरी नयाँ नयाँ डिजाइनका पार्टी सुजहरु पनि शोरुममा एक्स्चेन्जका लागि उपलब्ध छन्,’महतोले भने ।

यस अघिका मेलाहरुमा ग्राहकको बढ्दो आकर्षणलाई देखेर नै यसपटक पनि मेलाको आयोजना गरिएको संचालकहरु बताउँछन् । यो मेला कम्पनीले संचालन गरेको एक्स्चेन्ज अफरको आठौं संस्करणको मेला हो ।

 

You might also like

Comments are closed.