सुज ग्यालरी भृकुटीमण्डपमा जुत्ता चप्पल खरिद गर्दा ५० प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपस्थित रिपोटर्स क्लबको अगाडि रहेको सुज ग्यालरीमा जुत्ता चप्पल खरिदमा विशेष छुट प्रदान गरिएको छ । नयाँ आर्थिक वर्ष तथा नजिकिएका चाडपर्वलाई लक्षित गरी १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइएको बताइएको छ ।

बिगत ५ वर्षदेखि सञ्चालनमा रहेको सुज ग्यालरीमा नेपाली जुत्ता व्यवसायीहरुको सामुहिक लगानी छ । ग्यालरीमा बिएफ डियरहिल, बिएफ स्पोटर्स, कोशेली, क्रसरोड, रनसुज र रोयल सुज कम्पनीका जुत्ता तथा चप्पलहरु बिक्रीमा राखिएका छन् ।

शोरुममा ३ सय रुपैयाँको चप्पलदेखि १० हजार रुपैयाँसम्मको जुत्ता उपलब्ध रहेको सञ्चालक होमनाथ उपाध्यायले जानकारी दिए । ‘नेपाली ब्राण्ड प्रवद्र्धनको लक्ष्यसहित हामीले सामुहिक लगानीमा सुज ग्यालरी सञ्चालन गरिरहेका छौं,’ उपाध्यायले भने ।

उपलब्ध छुट सीमित अवधिका लागि मात्रै लागु हुने भएकाले मौकाको फाइदा लिन सम्पूर्ण ग्राहकलाई आग्रह गरिएको छ । पछिल्लो समय नेपाली ब्राण्डप्रति आकर्षण बढेको बताउँदै उपाध्यायले सुज ग्यालरीमा आएर जुत्ता चप्पल खरिद गर्र्नसमेत आग्रह गरे । ‘हामीले अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्नसक्ने गरी जुत्ता चप्पल उत्पादन तथा बिक्री गरिरहेका छौं,’ उपाध्यायले भने ।

You might also like

Comments are closed.