घरेलु हिंसा अन्त्यको सुरुवात कास्की २ ‘ख’बाट हुन्छ : जि.सी.

पोखरा । आसन्न प्रदेश सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ ‘ख’ बाट उम्मेदवारी दिएकी स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले नेपाललाई घरेलु हिंसा मुक्त बनाउनुपर्ने बताएकी छन् । देशलाई नै घरेलु हिंसा मुक्त बनाउने क्रममा त्यसको सुरुवात कास्की क्षेत्र नं. २ ‘ख’ बाट हुने समेत उनले बताइन् ।

आफ्नो निर्वाचन क्षेत्र भित्रका महिलाहरुसँग कुरा गर्दै उनले घरेलु हिंसा अन्त्यको अभियानमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘मेरो चुनावी एजेन्डामा घरेलु हिंसा अन्त्यलाई पनि प्राथमिकतामा राखेकी छु,’ उनले भनिन्, ‘कास्की २ ‘ख’लाई घरेलु हिंसा मुक्त क्षेत्र बनाउन आफूले योगदान पुर्याउने उनको भनाइ छ ।

स्वतन्त्र उम्मेदवारी दिएकी जि.सी.ले ‘लालटिन’ चुनाव चिन्ह प्राप्त गरेकी छन् । घरेलु हिंसा अन्त्यका लागि लालटिन चिन्हमा मतदान गर्ने प्रतिबद्धता धेरै महिलाहरुबाट प्राप्त हुँदा उत्साह मिलेको उनले बताएकी छन् ।

jutta mela

महिला, बालबालिका तथा घरेलु हिंसा अन्त्यका लागि चेतना जगाउने काम राज्यले गर्नुपर्ने उनको भनाइ छ । ‘सासु र बुहारीको सम्बन्ध आमा र छोरीको जस्तो हुनुपर्छ,’ उनले भनिन्, ‘परामर्शबाट नै हिंसा अन्त्य गर्न सकिन्छ भन्ने ज्ञान राज्य चलाउने निकायहरुसँग हुन जरुरी छ ।’ हरेक घरमा सरकारी निकायबाट अनुगमन टोली खटाउने र हिंसा भएको छ कि छैन भनेर निरीक्षण गर्न सकिने उनको भनाइ छ ।

हिंसा अन्त्यको अभियानसहित अनुगमन टोली घरघरमा जाँदा पारिवारिक अनुशासन कायम हुने बताउँदै उनले सुरक्षित वातावरणको निर्माण हुनुपर्ने धारणा राखिन् । ‘महिला भनेको लक्ष्मीको शोरुप हो,’ उनले भनिन्, ‘जुन घरमा महिला दुखी छन् त्यो घरमा सुख, शान्ति र समृद्धि हुँदैन । त्यसैले महिलाको सम्मान गरौं ।’

महिलाहरु बढी हिंसामा परेपनि कुनै घरमा पुरुषहरु पनि हिंसामा परेको हुन सक्ने बताउँदै जि.सी.ले वास्तविक अवस्था जानकारी लिन राज्यले अनुगमन गर्नुपर्ने बताइन् । महिला, पुरुष, सासु, बुहारी, छोरा, छोरी, बालबालिका जो हिंसामा परेपनि न्याय पाउनुपर्ने उनको भनाइ छ । हरेक घरमा मानव अधिकार, मौलिक अधिकारका विषयमा शिक्षा प्रदान गर्नुपर्ने जि.सी.ले बताइन् ।

You might also like

Comments are closed.