कलंकी ढुंगेअड्डामा ‘श्री अम्बा टायर हाउस’को सेवा सुरु

काठमाडौं । करिब २० वर्षदेखि अटोपार्टस व्यवसायमा सक्रिय रहेको श्री अम्बा ग्रुपले लगानी विस्तार गरेको छ । यो समूहले काठमाडौंको कलंकीस्थित ढुंगअड्डामा रहेको त्रिथुंगा कम्प्लेक्समा ‘श्री अम्बा टायर हाउस’ सञ्चालनमा ल्याएको छ । शनिबार एक कार्यक्रमबीच टायर हाउसको औपचारिक उद्घाटन गरिएको छ ।

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र वडा नंं. १५ का अध्यक्ष घनश्याम लुइँटेल, श्री अम्बा ग्रुपका प्रवन्ध निर्देशक अरुण कुमार अग्रवाल लगायतले टायर हाउसको उद्घाटन गरेका हुन् ।

कम्पनीले एमआरएफ, सिएट, म्याक्सिस, अपोलो, जेके, कन्टिनेन्टल, लिङलङजस्ता विश्वस्तरीय टायर ब्राण्डहरू टायर हाउसमा उपलब्ध गराएको छ । हेज, एरोस्टार, एक्सिस र एसएमटीजस्ता उच्च गुणस्तरका हेलमेट उत्पादनहरू पनि शोरुममा बिक्रीका लागि उपलब्ध छन् । ब्याट्रीका लागि जुनेक्स, मेसिमो र ग्लोब्याट जस्ता विश्वासिला ब्राण्डहरू पनि उपलब्ध गराइरहेको छ प्रवन्ध निर्देशक अग्रवालले बताए ।

कम्पनीले ग्राहकहरूको सजिलोका लागि एल्लोह्विल, टायर फिटमेन्ट सेवा तथा नाइट्रोजन ग्यासको सुविधा समेत सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरूको आवश्यकतालाई प्राथमिकतामा राखेर टायर, ब्याट्री, हेलमेट लगायतका उत्पादन र सेवाहरू उपलब्ध गराइएको अग्रवालले बताए ।

You might also like

Comments are closed.