काठमाडौं । विराटनगर १३ मा रहेको श्री पव्लिक स्टार बहुउद्देश्यीय सहकारी संस्था २० औं साधारण सभा सम्पन्न भएको छ ।
६ करोड लगानी रहेकाे सहकारीले ५ करोडको बचत र करिव ५ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । गत वर्ष पनि सहकारीले करिव ६ लाख रुपैयाँ मुनाफा कमाएको थियो । ६ सय १२ सेयर सदस्य रहेको सहकारीमा १३ कर्मचारी कार्यरत छन् ।
साधारण सभामा सहकारीले विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार ७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका प्रमुख गीता दिदीको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष डा.उद्धव पोखरेलले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, विराटनगर १३ का वडा अध्यक्ष सुर्यलाल यादव, वडा सदस्य कमला श्रेष्ठ, महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख डा बाबुराम तिम्सिना, जिल्ला सहकारी संघ मोरङका सल्लाहकार बिरेन्द्र यादव, कोषाध्यक्ष अमृत गुरुङ, राष्ट्रिय सहकारी बैंकका व्इवस्थापक प्रभु पोखरेल, समाजसेवी एकनाथ ढकाल, हरि बराल, भाष्कर भट्टराईलगायतले बोलेका थिए ।
Comments are closed.