शुभ अधिकारीले सुरु गर्यो पोखरादेखि काठमाडौं साखुसम्म ‘भिआइपी’ बस सेवा

पोखरा । सार्वजनिक यातायातको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको शुभ अधिकारी ट्राभल्स प्रालिले अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरिरहेको छ । विशेष गरी पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौंसम्म जोड्ने गरी प्रालिले सुविधा सम्पन बस सञ्चलन गरिरहेको छ ।

यसैक्रममा प्रालिले पोखरादेखि काठमाडौंको साखुसम्म सोफासिट सहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ । यस अगाडि पोखराबाट जोरबाटीसम्म बस सञ्चालन गरिरहेको प्रालिले माग १ गतेबाट साखुसम्म सेवा विस्तार गरेको प्रालिका सञ्चालक सज्जन अधिकारीले जानकारी दिए । एसी तथा हिटरको सुविधा रहेको बसमा यात्रुलाई ब्लाङकेट, वेलकम स्न्याक्स, वाइफाइ लगायतको सुविधा पनि उपलब्ध छन् ।

मात्र १२ सय रुपैयाँ भाडादरमा ‘भिआइपी’ बसमा यात्रा गर्ने अवसर ग्राहकले प्राप्त गर्ने अधिकारीले जानकारी दिए । ‘हामीले यात्रुको सुविधालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न बसमा लगानी विस्तार गरेका छौं,’ उनले भने । पोखराको जिरो किमीबाट छुट्ने बस लेकसाइड, मुस्ताङचोक, पृथ्वीचोक हुँदै काठमाडौंका लागि प्रस्थान गर्नेछ । यात्रुले इसेवा लगायत अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सक्ने जनाइएकोछ ।

प्रालिले पोखरा काठमाडौंका लागि दैनिक र रात्रिकालीन सेवामा बस सञ्चालन गरिरहेको अधिकारीले जानकारी दिए ।

थप जानकारीका लागि

Contact number
Pokhara -061543649,9846022933
Kathmandu
-01491388,9825140584

lcci
You might also like

Comments are closed.