‘त्रिथुंगाका तीनै ब्राण्ड बजारमा लोकप्रिय छन्’

श्याम पाण्डे, बिजनेश हेड, त्रिथुङ्गा ट्रेडिङ प्रालि–बतास

श्याम पाण्डे बिगत ४ वर्षदेखि त्रिथुङ्गा ट्रेडिङ प्रालिमा बिजनेश हेड भएर काम गरिरहेका छन् । त्रिथुंगा भन्दा अगाडि करिब ६ वर्ष विशाल ग्रुपमा काम गरेको अनुभव उनीसँग छ । भारतको मुम्बई युनिभर्सिटीबाट मास्टर्स गरी सिए फाइनल दिएर भारतमै करिब ६ वर्ष अडिटरको कामसमेत गरे । विभिन्न क्षेत्रमा क्रियाशील रहेर काम गरेको करिब १६ वर्षको अनुभव सँगालेका पाण्डेले अटोमोबाइल क्षेत्रमा काम शुरु गरेको करिव १० वर्ष भयो । व्यापार व्यवसायलाई अर्गानिक ग्रोथ गराएर लैजाने तथा नोक्सान नियन्त्रण गरेर नाफामूलक संस्था बनाउने सीप र कौशलको कसीमा उनलाई मार्केटमा हेरिन्छ । पहिले नै सेटअप भएको बिजनेश भन्दा सिस्टम बनाएर बिजनेशमा काम गर्न सक्ने क्षमता उनले स्थापित गरिसकेका छन् । उनै पाण्डेसँग त्रिथुंगाको व्यापार, व्यवसायमा केन्द्रित रहेर गरिएको कुराकानीः

त्रिथुङ्गाले अहिले कुन कुन प्रडक्ट बिक्री वितरण गर्दै आइरहेको छ ?

त्रिथुङ्गा बतास ग्रुप अन्तर्गतको एक कम्पनी हो । जसले लुब्रिकेन्ट्स, अटोमोटिभ ब्याट्री, इन्भर्टर र इन्भर्टर ब्याट्रीको व्यापार गरिरहेको छ । पहिला लुब्रिकेन्ट्स र अटोमोटिभ व्याट्रीको मात्र काम गरिरहेको थियौं । इन्भर्टर र इन्भर्टर ब्याट्री पनि ल्याउनुपर्छ भन्ने लागेर भारतीय नम्बर वान ब्राण्ड माइक्रोटेक पनि ल्याएका छौं । तीनवटै सेगमेन्टमा हाम्रो प्रडक्ट नेपाली बजारमा लोकप्रिय बनिरहेको छ ।

त्रिथुंगाले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको पेट्रोनासका विशेषताहरु केके छन् ?

पेट्रोनास भन्ने बित्तिकै ग्लोबल फर्चुन ५०० र्याङकिङ मध्येको १८६ र्याङकिङ कम्पनी हो । ग्लोबल फर्चुन ५०० भन्ने वित्तिकै संसारभरका टप ५०० कम्पनी भन्ने बुझिन्छ । नेटवर्थ, टर्नओभर र साथसाथै विभिन्न सूचकका आधारमा संसारभरका कम्पनीहरु मध्ये ग्लोबल फर्चुन ५०० छनोट हुन्छन् । पेट्रोनास भनेको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी हो । यसमा मलेसियन सरकारले लगानी रहेको छ । यसको हेडक्वार्टर मलेसियामा अवस्थित पेट्रोनास ट्विन टावरमा छ । यस कम्पनीले इटलीमा भएको १ सय वर्ष पुरानो कम्पनी एफएल सेलेनिया प्राप्त गर्यो । जसले गर्दा लेगेसी १ सय वर्षभन्दा पुरानो रहेको मान्न सकिन्छ ।

पेट्रोनास ब्राण्ड नाम साथै ग्रुप कम्पनीको नाम पनि हो र यस अन्तर्गत खनिज, तेल, प्राकृतिक ग्यास, एलपिजी ग्यास लगायतमा ठूलो बिजनेश छ । संसारभर थुप्रै व्लाइन्डिङ फ्याक्ट्री साथै सय भन्दा बढी टोल व्लेण्डर छन् । पेट्रोनास संसारको धेरै ठूलो प्रेष्टिजियस मल्टिनेशनल ब्राण्ड हो ।

नेपालमा कहिलेबाट पेट्रोनास बिक्री भइरहेको छ ?

नेपालमा सन् २०११ बाट पेट्रोनासको विजनेश शुरुआत भएको हो । त्रिथुङ्गा ट्रेडिङ प्रालिको पहिला पोखरामा रिटेल थियो । पछि पेट्रोनासको आयातकर्ता भइसकेपछि कर्पोरेट कार्यालयसहित काठमाडौं सरेपछि राष्ट्रियस्तरमा ब्यापार अगाडि बढाएका हौं । नेपालको मार्केटमा पेट्रोनास मल्टिनेशनल प्रिमियम क्याटागोरीमा पर्छ । विभिन्न क्याटागोरीमा हामी डिभाइड गर्छौ । नेपालमा पनि यो ब्राण्ड लोकप्रिय भइसकेको छ ।

लुब्रिकेन्टलाई कसरी क्याटागोराइज गर्नुभएको छ ?

हाम्रो आफ्नै फिलोसफी छ, कसरी विभिन्न क्याटागोरीमा क्याटागोराइज गर्ने भन्ने । मल्टीनेशनल ब्राण्ड ए क्याटागोरी, इण्डियन पपुलर ब्राण्ड बी क्याटागोरी, इण्डियन लोकल सि क्याटागोरीमा र नेपाल लोकल डी क्याटागोरीमा डिभाइड गर्छौं । मल्टी नेशनल ब्राण्ड क्याटागोरीमा ब्राण्डवाइज हामी नम्वर वान पोजिसनमा छौं । सेल्स र टर्न ओभरवाइज हामी नम्वर टुमा छौं । क्राइसिस नभएको भए नम्वर वानमा आउथ्यौं ।

पेट्रोनासलाई पर्सिभ गर्ने कुरामा पनि फरक आएको छ । पहिला कसैले नचिनेको ब्राण्ड थियो भने अहिले धेरैले चिन्नुहुन्छ । राइडर कम्युनिटी, रेसिङ कम्युनिटी, अटोमोवाइल सेक्टर, जनरल कम्युनिटीमा पनि पेट्रोनासलाई चिन्ने धेरै हुनुहुन्छ । ब्राण्डिङ तथा इमेज क्रिएटको हिसावले हामी नम्वर वानमा नै छौं । हामी सर्ट टर्म प्लान बनाएर अगाडि बढेका छौं । कम्पनीको एउटा विजनेश प्लान हुन्छ । ५ वर्षे योजना हुन्थ्यो भने अहिले वार्षिक योजना बनाएका छौं । लक्ष्य प्राप्त गर्न हामी लागिरहेका छौं । साउन, भदौ र असोज महिनामा हामी प्लान अनुसार सफल भएका छौं ।

पेट्रोनास नै किन प्रयोग गर्ने ?

jutta mela

गाडीकोे मेन्टिनेन्सको मुख्य कुरा भनेको लुब्रिकेन्ट्स नै हो । इन्जिनको लागि महत्वपूर्ण कुरा भनेको लुव्रिकेन्ट्स हो । गाडीको आयु बढाउने भनेकै इन्जिन आयलले हो । नेपालमा यस सम्बन्धी चेतनाको अभाव छ र ठगिएका छन् । जति राम्रो लुव्रिकेन्ट प्रयोग गर्यो त्यति लामो समयसम्म गाडीले राम्रो काम गर्छ । टिकाउ हुन्छ भने बाटोमा हिड्दा हिड्दै धोका पाइदैन । पेट्रोनासले बेस आयल आफै बनाउँछ । आवश्यक सबै सामान आफै बनाउने हुँदा क्वालिटीमा कम्प्रोमाइज छैन । क्वालिटीमा नम्वर वान छ । त्यसैले पेट्रोनास लगातार आठौं पटक कार च्याम्पियनसिप अवार्ड (फर्मुला वान रेसिङ च्यापिम्यनसिप) जित्न सफल छ । बाइक, थ्रि ह्विलर, फोर ह्विलर, व्याक लोडर, एस्काभेटर, ट्रिपर लगायत मुभिङ भेइकलमा लुव्रिकेन्ट प्रयोग हुन्छ । सस्तो मात्र नहेरी गुणस्तरीय सामान प्रयोग गर्न म आग्रह गर्दछु ।

बजारमा पेट्रोनासको माग कस्तो छ ?

महंगा गाडी चढ्ने व्यक्ति, बस, ट्रिपर, ट्रक, व्याकलोडर, एक्साभेटरलगायतले पेट्रोनास नै खोज्छन् । बुझ्नेले राम्रो क्वालिटीको लुव्रिकेन्ट प्रयोग गर्छन् । बाइक सेगमेन्टमा बुझेर लुव्रिकेन्ट प्रयोग गर्ने २० प्रतिशत मात्र छन् । ती बुझेकाले नै पेट्रोनास खोज्छन् । प्राय बाइक सर्भिसिङ गर्ने मेकानिकहरुले सस्तो तथा कम गुणस्तरको किन्ने र महंगोमा बेचेर धेरै नाफा खाने गरेका छन् । आम मानिसमा यस सम्वन्धी ज्ञान तथा सचेतना कम भएकाले पनि अप्ठ्यारो भएको हो । बिस्तारै सचेतना बढेको छ र सचेतना बढेसँगै राम्रो लुव्रिकेन्टको व्यापार पनि बढेको छ । कार सेग्मेन्टमा पनि पेट्रोनासको सेल्स ठिकै छ । हेभी सेग्मेन्टमा भने सेल्स धेरै राम्रो छ । टु ह्विलर्स र कार सेग्मेन्टलाई फोकस गरेर सेल्स अगाडि बढाउने हाम्रो सोच छ । टु ह्व्लिरमा लाग्नेलाई एमसिओ (MCO) सेग्मेन्ट, फोर ह्व्लिरकोलाई पिसिएमओ (PCMO), हेभी ड्युटी सेग्मेन्टका लागि एचडिडिइओ (HDDEO) सहित आवश्यक सबै भेरियन्ट छन् । इन्जिन ओयल, हाइड्रोलिक ट्रान्समिसनलगायत सबै लुब्रिकेन्ट हामीसँग छन् ।

ग्लोब्याट कस्तो ब्याट्री हो ?

ग्लोब्याट बंगलादेशको नम्बर वान अटोमोटिभ ब्याट्री ब्राण्ड हो । यो रहिमा फ्रुज कम्पनीको उत्पादन हो । ग्लोब्याट नेपालमा बिगत १३ वर्षदेखि आयात भइरहेको छ । युकेको बेष्ट अटोमोटिभ कार अवार्ड पनि ग्लोब्याटले जितेको छ ।

संसारभर बंगलादेशको ब्याट्रीलाई राम्रो मानिन्छ । त्यसमा पनि बंगलादेशको नम्ब वान ब्याट्री नेपालमा ल्याएका छौं । डिलर तथा कस्टमरको प्रतिक्रिया पनि राम्रो पाएका छौं । टर्नओभर पनि बढाउनुपर्छ भनेर बिगत ४ वर्षदेखि हामी लागिरहेका छौं । हामीले हरेक वर्ष ग्रोथ गर्दै गइरहेका छौं । उचित मूल्यमा गुणस्तरीय ब्राण्ड उपलब्ध गराएका छौं । टु ह्विलरको लागि पनि ब्याट्री ल्याउने तयारीमा हामी छौं । अटोमोटिभ व्याट्रीमा हामीसँग टु ह्व्लिरको बाहेक सबै ब्याट्री छन् ।

माइक्रोटेक कस्तो प्रडक्ट हो ?

माइक्रोटेक भारतको बेष्ट तथा लार्जेष्ट सेलिङ ब्राण्ड हो । घर, अफिस तथा फ्याक्ट्रीहरुमा व्याकअपका लागि प्रयोग हुने इन्भर्टर र ब्याट्री हो । हामीले माइक्रोटेक ल्याएको साढे २ वर्ष भयो । भारतमा करिव ५० प्रतिशत बजार हिस्सा माइक्रोटेकले ओगटेको छ । नेपालमा हामी तेस्रोमा छौं र छिट्टै नम्वर वान हुने गरी काम गरिरहेका छौं । नेपालमा ६५ वटा डिलर छन् । मिसन नम्वर वान भनेर हामीले हालै डिलर मिट पनि सम्पनन गर्यौं । रिजनेवल प्राइस र प्रोडक्ट बेष्स्ड क्वालिटी छ ।

टर्न ओभर कति छ ?

हाम्रो टर्न ओभर अहिले सय करोडको नजिक पुगेको छ र अब छिट्टै सय करोड पुर्याउने हाम्रो लक्ष्य छ । सोही अनुसार काम गरिरहेका छौं । काम गर्दा हामीले कम्पनी आफ्नै हो भन्ने सोचका साथ काम गर्नुपर्छ । म आएको करिव ३ महिना पछि कोभिड शुरु भयो । कोभिडले बजारमा असर त पारी नै हाल्यो तरपनि हामीले मेहनत गर्न छाडेनौं । असहज परिस्थितिलाई सामना गर्दै अगाडि बढ्न सफल भयौं र कोभिड र आर्थिक मन्दीका बाबजुत पनि हामीलाई कम्पनीलाई ग्रोथमा लैजान सफल भयौं । काम गर्दा जसले र जहिले पनि टु पि अर्थात प्रेस्टिज र प्रोफिटलाई ध्यान दिनुपर्छ । हामी यही मान्यतामा छौं ।

भावी योजना के-के छन् ?

टायरको ब्राण्ड पनि थप्ने भन्ने हाम्रो योजना छ । हामी यसका लागि अध्ययन गरिरहेका छौं । आर्थिक मन्दी नभएको भए टायरको ब्राण्ड पनि ल्याइसकेका हुन्थ्यौं । लुब्रिकेन्ट, ब्याट्री र टायर भएपछि फुल रेन्ज कभर हुन्छ र एउटै छानामुनीबाट लुब्रिकेन्ट, ब्याट्री र टायरको आवश्यकता पुरा गर्ने हाम्रो तयारी छ । सबैलाई गुणस्तरीय सामान प्रयोग गर्न म हार्दिक अपिल गर्दछु ।

You might also like

Comments are closed.