काठमाडौं डाउन टाउनको अध्यक्षमा पराजुली, १० हजार अमेरिकी डलर सहयोग

काठमाडौं । नयाँ गठन भएको रोटरी क्लब अफ काठमाडौं डाउन टाउनको चार्टर प्रिजेन्टेसन सम्पन्न भएको छ । क्लबका अध्यक्ष श्याम पराजुलीलाई प्रमुख अतिथि रोटरी क्लब अफ नेपाल–भुटान डिष्ट्रिक्ट ३२९२ का गभर्नर राजीब पोख्रेलले हालै एक कार्यक्रमबीच चार्टर हस्तान्तरण गरेका हुन् ।

क्लबलाई रोटरी क्लब अफ बुटवल डाउन टाउनले स्पोन्सर गरेको हो । काठमाडौंमा व्यावसायिक लगायत विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई समेटेर क्लब स्पोन्सर गर्न पाउँदा खुसी लागेको रोटरी क्लब अफ बुटवल डाउनटाउन अध्यक्ष पंकज ज्ञवालीले बताए ।

नयाँ गठन गरिएको क्लबका ५९ जना चार्टर सदस्य छन् । गभर्नर पोख्रेलले सम्पूर्ण चार्टर मेम्बरलाई चार्टर पिन र सर्टिफिकेट प्रदान गरे । कार्यक्रममा बोल्दै गभर्नर पोख्रेलले नेपालमा २ अर्ब २७ करोड रुपैयाँ भन्दा बढीका प्रोजेक्ट रोटरी मार्फत अगाडि बढेको र सबै प्रोजेक्ट सफल भएको बताए ।

यसैबीच काठमाडौं डाउन टाउनका अध्यक्ष पराजुलीले सामाजिक क्षेत्रमा खर्च गर्ने गरी १० हजार अमेरिकी डलर सहयोग गरेको छन् । चार्टर प्रिजेन्टेसन कार्यक्रमको अवसरमा उनले उक्त रकम सहयोग गरेका हुन् । सामाजिक क्षेत्रमा खर्च गर्ने गरी सहयोग रकम रोटरी डिष्ट्रिक्टलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले प्रतिक्रिया दिए ।

You might also like

Comments are closed.