काठमाडौं । “Hospitality from the Heart” भन्ने मूल मन्त्रका साथ अघि बढिरहेको सिद्धार्थ हस्पिटालिटी समूहले अतिथि सेवामा २८ वर्षको सफल यात्रा पूरा गरेको छ । विश्वास, समर्पण र निरन्तर उत्कृष्टतामार्फत समूहले नेपाली चेन हस्पिटालिटी क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेको छ ।
समूहका अनुसार यस अवधिका प्रत्येक उपलब्धि ग्राहक, साझेदार तथा शुभेच्छुकहरूको भरोसा र साथकै परिणाम हो। “Years of Interconnecting” भन्ने सन्देशसहित मनाइएको २८औँ वार्षिकोत्सवले दिलबाट नेतृत्व गर्ने र उत्कृष्टताका साथ सेवा प्रदान गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको समूहले जनाएको छ ।
नेपालको कैलाली जिल्लाको टीकापुरमा सन् १९९८ मा एक सामान्य होटलबाट सुरु भएको सिद्धार्थ हस्पिटालिटी समूहले हाल देशका विभिन्न स्थानमा सेवा विस्तार गरिसकेको छ। कम्पनीले पाँचतारे होटल स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव तथा तीनतारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्ड अन्तर्गत होटल सञ्चालन गरिरहेको छ ।
यसका अतिरिक्त सिद्धार्थ कटेज र सिद्धार्थ क्याफे सञ्चालनमा रहेका छन् भने पछिल्लो समय कम्पनीअन्तर्गत एस होटल सञ्चालनको तयारी भइरहेको जानकारी दिएको छ ।
समूहले आगामी दिनहरूमा पनि उही आत्मीयता, जिम्मेवारी र सेवाभावका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो यात्राको हिस्सा बनेका सबैप्रति कृतज्ञता प्रकट गरेको छ ।


Comments are closed.