सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं ।  सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी शकुन्तलाकुमारी थापा कार्कीको नाममा रहेको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

इच्छुक लगानीकर्ताले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

उक्त सेयर गत पुस २७ गतेदेखि विद्यमान संस्थापक सेयरका लागि बिक्रीमा राखिएको थियो। तर, उक्त मितिबाट ३५ दिनभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेका कारण अन्य व्यक्ति तथा संस्थालाई बिक्रीका लागि राखिएको बैंकले जनाएको छ।

लगानीकर्ताले लिन खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन बैंकले आग्रह गरेको छ ।

You might also like

Comments are closed.

Secret Link