सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा १०% छुट दिईने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र जर्मन होम्स प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार, बालकोट, भक्तपुरस्थित जर्मन होम्समा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन् । बैंकले उक्त सम्झौताबाट ग्राहकलाई आकर्षक छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबार घटाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।

बैंकका अनुसार, यस सम्झौताले ग्राहकहरूलाई सहज, सुरक्षित र आधुनिक भुक्तानी प्रणालीको प्रयोगमा थप सहजता ल्याउनेछ । साथै, बैंकले आफ्ना ग्राहकहरूको सन्तुष्टि र डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्न निरन्तर काम गरिरहेको जनाएको छ ।

यस सम्झौतासम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले सिद्धार्थ बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन् ।

You might also like

Comments are closed.