सिद्धार्थ बैंकका ग्राहकले आईएमई हस्पिटालिटीमा छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवा र सुविधा प्रयोग गर्दा छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौताअनुसार, लाजिम्पाटस्थित होटेल ‘ले हिमालय’ तथा ‘साके एण्ड फेङ्ग’ रेस्टुरेन्ट, हर्कपुर र बागलुङस्थित ‘इला कम्फर्ट’, मौलाकालीस्थित ‘इला रिसोर्टस्’ र मौलाकाली तथा लुम्बिनी र पोखराका केबल कार र ‘द् लेक रिट्रिट’मा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

बैंकले जनाएको छ कि उक्त सम्झौताले ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै नगद कारोबारको सट्टा डिजिटल कारोबारमा उत्प्रेरित गर्ने विश्वास लिएको छ । थप जानकारीका लागि ग्राहकहरूले २४ सै घण्टा सञ्चालन हुने बैंकको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ सम्पर्क गर्न सक्नेछन् ।

You might also like

Comments are closed.