सिद्धार्थ बैंक लिमिटेडद्वारा आर्थिक सहयोग

कोरोना भाइरसको रोकथाम तथा उपचार व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोराना कोषमा सिद्धार्थ बैंक लिमिटेड धनगढी शाखा आर्थिक सहयोग गरेको छ । बैंकले बुधवार रु १० लाख सहयोग गरेको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले रु १० लाखको चेक हस्तान्तरण गरेका हुन् । ।

त्यसैगरी तनहुँको देवघाट गाउँपालिकाले खडा गरेको प्रकोप कोषमा जम्मा हुने गरी गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापालाई सिदार्थ बैङ्क देवघाटका प्रबन्धक त्रिविक्रम लामिछानेले २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

jutta mela

रासस

You might also like

Comments are closed.