होटल सिद्धार्थले ल्यायो खानामा विशेष अफर

नेपालगन्ज । सिद्धार्थ हस्पिटालिटी ग्रुप अन्तर्गतको होटल सिद्धार्थ नेपालगञ्जले विशेष छुट अफर ल्याएको छ । सिद्धार्थ हास्पिटालिटी एपबाट अर्डर गर्दा खानामा भारी छुट अफर ल्याइएको सेल्स एण्ड मार्केटिङ म्यानेजर नविन भट्टले आर्थिक आवाजलाई जानकारी दिए ।

खानामा ३ वटा खरिद गर्दा १ वटा सित्तैमा प्राप्त गर्नसक्ने गरी अफर ल्याइएको छ । ‘सिद्धार्थ ऐपबाट घरमै बसेर फÞूड अर्डर गर्ने सुविधा हामीले ल्याएका छौं,’ उनले भने । खानासहित चिकेन मःम, भेज मःम, चिकेन बिर्यानी लगायत अर्डर गर्न सकिनेछ ।

सिद्धार्थ होटेल नेपालगन्जले केही समय लागु हुने गरी यो अफर ल्याएको हो । कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी अफर ल्याइएको भट्टले जानकारी दिए ।

jutta mela

सिद्धार्थ ग्रुपले हस्पिटालिटी क्षेत्रमा देशभर सेवा सञ्जाल विस्तार गरेको छ । सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत हस्पिटालिटी क्षेत्रमा होटल, रेष्टुरेन्ट, रिसोर्ट र क्याफे गरी २४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.