सिद्धार्थ होटलको समिट लन्जमा ‘स्पिन एण्ड विन’ गेम, हात खाली नजाने उपहार

नेपालगन्ज । सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ होटल नेपालगन्जले आफ्ना पाहुनाको सेवा, सुविधा र मनोरञ्जनलाई ध्यानलाई राख्दै विभिन्न खेल गतिविधि तथा उपहार योजना ल्याएको छ । जस अन्तर्गत होटलको समिट लन्जमा सेवा लिने पाहुनाले ‘स्पिन एण्ड विन’ गेममा सहभागी हुन पाउने महाप्रवन्धक काशीराम अधिकारीले जानकारी दिए ।

‘समिट लन्जमा आउने सम्पूर्ण गेष्टहरुलाई यो गेममा सहभागी हुने अवसर मिल्छ,’ उनले भने, ‘गेममा सहभागी गेष्टलाई कुनै न कुनै उपहार प्राप्त हुनेछ । पाहुनाले नगद छुटदेखि खानाका परिकारहरु उपहार जित्ने अधिकारीले जानकारी दिए ।

यो अफर प्रत्येक साता आइतबारदेखि बिहीबारसम्म लागु हुुनेछ । होटलले विभिन्न समयमा फरकफरक अफर तथा योजनाहरु ल्याउने क्रममा स्पिन एण्ड विन योजना ल्याएको हो ।

jutta mela

सिद्धार्थ ग्रुपले हस्पिटालिटी क्षेत्रमा देशभर सेवा सञ्जाल विस्तार गरेको छ । सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत हस्पिटालिटी क्षेत्रमा होटल, रेष्टुरेन्ट, रिसोर्ट र क्याफे गरी २४ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.