होटल सिद्धार्थ नेपालगन्जले इभमा विशेष सांगीतिक कार्यक्रम गर्दै, प्रकाश सपुतको प्रस्तुति रहने

नेपालगञ्ज । होटल सिद्धार्थ नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतार्थ इभको दिन ३१ डिसेम्बरमा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि चर्चित कलाकारहरुको साथमा कार्यक्रम गर्न लागेको हो ।

गायक प्रकाश सपुत, स्वपना सुमन र टोली, डीजे नानी (सुस्मिता महर्जन) र द क्वेस्ट ब्यान्ड सहितको सांस्कृतिक कार्यक्रम गर्न लागिएको होटलले जनाएको छ ।

कार्यक्रम सफल पार्न टुबोर्ग बियर र अम्बे स्टील शीर्र्ष प्रायोजनमा रहेका छन् भने सह–प्रायोजकमा रुस्लान भोड्का, ग्रान्ड मास्टर रम, प्रभु बैंक, सिद्धार्थ इन्स्योरेन्स र समिट एयर रहेका छन् ।

jutta mela

स्वदेशी तथा विदेशी पर्यटकको मनोरञ्जन तथा नेपाली खानाका परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बिक्री प्रबन्धक नविन भट्टले जानकारी दिए । सहभागिताका लागि दुई हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । त्यसमा स्वागत पेय एक बोतल बियर वा जुस, असीमित खाजा, अन्तर्राष्ट्रिय बुफे डिनर निःशुल्क हुने बताइएको छ ।

लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा सेवा दिँदै आएको सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत मुलुकभर २५ वटाभन्दा बढी होटल, रिसोर्ट, क्याफे, ट्राभल लगायत सञ्चालित छन् ।

You might also like

Comments are closed.