सिद्धार्थ हस्पिटालिटीद्वारा काठमाडौंमा बुटिक होटल सञ्चालन, देशभर लगानी बिस्तार

पि-ओपनिङमा ५० प्रतिशत छुटमा सेवा

काठमाडौं । सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ ग्रुपले काठमाडौंमा बुटिक होटल सञ्चालनमा ल्याएको छ । काठमाडौंको बौद्धस्थित रामहिटीमा सिद्धार्थ होटल काठमाडौं सञ्चालनमा आएको हो । उत्कृष्ट सेवा तथा आतिथ्यता प्रदान गर्ने गरी बुटिक होटल सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने आर्थिक आवाजलाई जानकारी दिए ।

होटलमा ५५ वटा डिलक्स रुम छन् । ३ वटा सेमिनार हल छन् । हलमा एकैपटकमा १ हजार ५ सयजना सम्मको कार्यक्रम गर्न सकिने न्यौपानले जानकारी दिए । होटलमा हेल्थ क्लब, स्पा, साउना, स्विमिङ पुल लगायतका सुविधा छन् । फाइनडाइन रेष्टुरेन्ट, ओपन गार्डेन रेष्टुरेन्ट, प्राइभेट डाइनिङ रुम, प्रर्याप्त पार्किङ लगायतको सुविधा होटलमा छ । बुटिक होटलले चारतारे होटल सरहको सुविधा प्रदान गर्ने उनले बताए ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटरको दुरीमा होटल अवस्थित छ । होटलमा आउने पर्यटकलाई पिकअप र ड्रपको सुविधा पनि प्रदान हुने न्यौपानले जानकारी दिए । १० रोपनी भन्दा बढी क्षेत्रफलमा होटल सञ्चालनमा आएको छ ।

jutta mela

पि–ओपनिङमा ५० प्रतिशत छुटमा सेवा

होटलले प्रि–ओपनिङको अवसरमा विशेष छुटमा सेवा प्रदान गरिरहेको न्यौपानेले जानकारी दिए । रुममा ५० प्रतिशत छुट प्रदान गरिएको उनले बताए । ‘कोभिड महामारी पछि पर्यटकीय गतिविधि क्रमशः बढ्ने क्रममा छ,’ उनले भने, ‘कोभिड पछिको बर्तमान अवस्था तथा प्रि–ओपनिङलाई मध्यनजर गरी छुट प्रदान गरेका हौं ।’ यो छुट आगामी वैशाखसम्म लागु हुनेछ । होटलको ग्राण्ड ओपनिङ वैशाखमा गरिने न्यौपानले जानकारी दिए ।

लगानी बिस्तारमा आक्रामक

सिद्धार्थ हस्पिटालिटीले लगानी बिस्तारलाई तिब्र बनाएको छ । कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी व्यवसाय सुरु गरेको सिद्धार्थ गु्रपले अहिलेसम्म देशभर सेवा विस्तार गरिसकेको छ ।

कम्पनीले हालै हेटौंडामा तीन तारे स्तरको होटल सञ्चालनमा ल्याएको छ । भैरहवामा पाँच तारे होटल र इलामको कन्याम, कपिलवस्तुको चन्द्रौटा, जुम्लामा रिसोर्ट छिट्टै होटल सञ्चालनमा आउने योजनामा कम्पनी रहेको न्यौपानेले जानकारी दिए ।

कम्पनीले महेन्द्रनगर, कैलाली टीकापुर, कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चितवनको चुम्लिङटार र काठमाडौंको सुन्धारासहित विभिन्न स्थानमा रेष्टुरेन्ट, होटेल, क्याफे, हस्पिटालिटी इष्ट्रिच्युट, हस्पिटालिटी ट्रेड, आइटी कम्पनी, ट्राभल सेवा प्रदान गरिरहेको छ । गुल्मीमा कृषि फार्ममा समेत कम्पनीले लगानी गरेको छ ।

‘अन्य विभिन्न ठाउँमा समेत लगानी विस्तारको योजनामा कम्पनी छ,’ उनले भने । कम्पनीले अहिले कोभिडको अवस्थामा पनि हस्पिटालिटी क्षेत्रमा १ हजार ५ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

You might also like

Comments are closed.