काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कम्पनीको त्रैमासिक न्यूजलेटर ‘एसपीआइएल लेन्स’ को औपचारिक रूपमा सुरु गरेका छन् ।
कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा न्यूजलेटर शुभारम्भ गर्दै सीईओ क्षेत्रीले बीमा सम्वन्धि ज्ञान वर्धक सूचनाका लागी यो प्रकाशन महत्वपूर्ण हुने बताए ।
‘एसपीआइएल लेन्स’ न्यूजलेटरमा कम्पनीको वित्तिय सुचकांक, व्यवस्थापन गतिविधि तथा योजनाहरू सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिने छ । साथै, नेपालको बीमा उद्योगको विश्लेषण तथा अन्तरराष्ट्रिय निर्जीवन बीमा बजारका गतिविधि र तिनका प्रभावहरू समेत समेटिने कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै सीईओ क्षेत्रीले भने, ‘एसपीआइएल लेन्स’ केवल एक न्यूजलेटर मात्र होइन, बीमा उद्योगलाई बुझ्न, अध्ययन गर्न र विश्लेषण गर्न चाहने सबैका लागि मूल्यवान ज्ञान–स्रोत बन्नेछ । कम्पनीले सरोकारवालाहरू सँगको संवादलाई अझ गहिरो बनाउने उद्देश्यका साथ यो प्रकाशन ल्याएको हो, उनले जोड दिए ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अनुसार ‘एसपीआइएल लेन्स’ हरेक तीन महिनामा नियमित रूपमा प्रकाशित गरिनेछ र डिजिटल माध्यम मार्फत उपलब्ध हुनेछ ।





Comments are closed.