सोनिया इन्टरनेशनल एजुकेशनले मनायो नवौं वार्षिकोत्सव

काठमाडौं । सोनिया इन्टरनेशनल एजुकेशन एण्ड करियर्स (एसआइइसी) ले शुक्रबार नवौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक लगायत सम्पूर्णमा आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

संस्थाको कार्यालय पुतलीसडकमा शुक्रबार शुभकामना आदानप्रदान सहित केक काटेर वार्षिकोत्सव मनाइएको प्रवन्ध निर्देशक नवराज केसीले जानकारी दिए ।

संस्थाले अष्ट्रेलिया, क्यानडा, युके लगायतका देशमा जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई संस्थाले परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.