काठमाडौं । सिन्धु विकास बैकले चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक अवधिको वित्तिय विवरण प्रकाशित गरेको छ । बैकको सबै सूचकमा उल्लेख्य प्रगति देखिएको छ । बैकले चालु आ.ब.को नौ महिनाको अवधिमा रु. ७ करोड ८४ लाख खुद नाफा कमाएको छ अघिल्लो आ.ब.को सोही अवधिमा बैकको खुद नोक्सान रु. ५ करोड ४० लाख रहेको थियो ।
दोस्रो त्रैमासिक अवधिमा ८.२२ प्रतिशत रहेको पुंजीकोष अनुपात तेस्रो त्रैमासिक अवधिमा उल्लेख्य रुपमा सुधार भई ११.४९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैकले तोकेको न्यूनतम पुंजीकोष अनुपात १० प्रतिशत भन्दा कम भएकाले सिघ्र सुधारात्मक कारवाहीमा परेको बैकले पुंजीकोषमा सुधार भएपछि उक्त कारवाहीबाट हट्ने विश्वास लिएको बताएको छ ।
चैत्र मसान्तमा बैकको प्रति शेयर आम्दानी रु. १८.७६ रुपैया, निष्कृय कर्जाको अनुपात ८.६४ प्रतिशत, तरलता अनुपात ३६.३६ प्रतिशत र नेटवर्थ प्रतिशेयर रु. ७९.८९ रहेको छ । हालैमात्र बैकले विगत दुई आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको थियो भने नेपाल राष्ट्र बैकले प्रादेशिक स्तरको विकास बैकको लागि तोकेको न्यूनतम चुक्ता पुंजी रु. १२० करोड पु¥याउन हालकायम रहेको चुक्ता पुंजीको ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरि स्वीकृतिको लागि नेपाल राष्ट्र बैक समक्ष पेश गरिसकेको जनाएको छ ।
सिन्धु बिकास बैक सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन गरि ५ जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रियस्तरको बिकास बैक हो । बैकले हाल २६ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा दिईरहेको छ । बैकको प्रमुख कार्यकारी अधिकृतमा गत पुस महिनादेखि वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा रहेका छन् ।
Comments are closed.