गायक मोहन थापाको मौलिक गीत ‘जब यादले सताउँछ’ सार्वजनिक

 काठमाडौं ।  गायक मोहन थापाको पहिलो मौलिक गीत “जब यादले सताउँछ” नेपाली संगीतप्रेमीहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाउँदैछ ।  जीवनका भावनात्मक उतारचढाव, मायाका सम्झना र वियोगका पीडालाई समेटिएको यस गीतमा शब्द कुमार जोशीले लेखेका हुन् ।

१५ वर्षदेखि मानव संसाधन (HR) क्षेत्रमा संलग्न थापाले संगीतप्रतिको आफ्नो जीवनभरको चाहनालाई यस गीतमार्फत साकार गरेका छन् । गायक थापाले भने, “यो गीत मेरो मुटु नजिकको सिर्जना हो। मेरो भित्रका भावनाहरूलाई शब्द र स्वरमार्फत सबैसामु पुर्‍याउने प्रयास गरेको छु ।”

गीतलाई ज्योति भण्डारीले प्रोड्युस गरेकी हुन् भने भिडियोको निर्माण, निर्देशन, क्यामेरा सञ्चालन र सम्पादन नितेश लामा (Niyon Creation Studios) ले गरेका छन् । भिडियोमा कलाकार दिपेन्द्र खत्री र अनिशा ओलीले मन छुने अभिनय गरेका छन् । मेकअपमा एन्जेला लामा, र सहयोगमा Deepal गाडी (MAW Vriddhi Autocorp) को साथ रहेको छ ।

संगीत संयोजन विक्रम कार्कीले गरेका हुन् । बाँसुरीमा नरेन्द्र बिक्रम राई, कोरसमा बिनोद श्रेष्ठ छन् भने रेकर्डिङ Venus Recording Studio मा गरिएको हो ।

गीत निर्माणमा सघाउने भूषण गिरी, शीतल चौतारी रेस्टुरेन्ट (नयाँबानेश्वर), सबिन राजभण्डारी, मइते गुरुङ, राजेन्द्र गुरुङ, धन बहादुर शाहीलगायत सबैप्रति आभार व्यक्त गरिएको छ । थापाको “जब यादले सताउँछ” अहिले YouTube, Spotify र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ र श्रोताहरूको माया र समर्थन पाउँदैछ ।

(भिडियो)

You might also like

Comments are closed.