नेपालमा SIP लगानीको सम्भावनाबारे छलफल हुने

काठमाडौं । नेपालमा Systematic Investment Plan (SIP) को अवधारणा, यसको व्यावहारिक प्रयोग र दीर्घकालीन लगानी सम्भावनाबारे केन्द्रित SMART Friday Insight Series को आगामी कार्यक्रम यही शुक्रबार, माघ १६ गते (January 30, 2026) आयोजना हुने भएको छ।

कार्यक्रममा NEPSE Alpha का वरिष्ठ इक्विटी रिसर्च तथा डेटा एनालिटिक्स प्रमुख राजीव महर्जन मुख्य वक्ताका रूपमा सहभागी हुनेछन्। “SIP Investing in Nepal” शीर्षकमा हुने यो कार्यक्रम साँझ ६:३० देखि ८:०० बजे सम्म Google Meet र YouTube Live मार्फत प्रत्यक्ष प्रशारण हुनेछ।

कार्यक्रममा साना रकमबाट नियमित लगानी सुरु गरी दीर्घकालीन सम्पत्ति निर्माण कसरी गर्न सकिन्छ, SIP सञ्चालनको विधि, जोखिम व्यवस्थापन तथा नेपाली पुँजी बजारमा SIP लाई कसरी प्रभावकारी रूपमा लागू गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ। वक्ता महर्जनले अन्तर्राष्ट्रिय अभ्यास र नेपाली बजारको यथार्थलाई जोड्दै व्यावहारिक अनुभव साझा गर्नेछन्।

SMART Growth Ventures Pvt. Ltd. द्वारा आयोजित यो कार्यक्रम SMART को “Contribute and Get Benefitted Model” अन्तर्गत सञ्चालन भइरहेको साझा सिकाइ प्लेटफर्म हो, जसको उद्देश्य लगानीकर्तामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै आत्मविकास र अवसर सिर्जना गर्नु रहेको छ। कार्यक्रमलाई NEPSE Alpha ले समर्थन गरेको छ।

SMART Friday Insight Series ले यसअघि चार सफल एपिसोडहरू सम्पन्न गरिसकेको छ, जसले लगानीकर्तालाई व्यावहारिक ज्ञान र वित्तीय सचेतना प्रदान गर्दै आएको छ।
अघिल्ला सो मा,  Use of Collateral Smartly — CA मनिष अर्याल, CEO, Citizens Stock Broker, Social Security Fund (SSF) — जय कृष्ण दुलाल,  Assistant Director, SSF, Top Mistakes New Investors Make — शालिकराम अधिकारी, MD, Kalash Stock Market,How to Survive & Grow in the Stock Market — अतित लाल श्रेष्ठ, Executive Chairman, Capital Max Securities Ltd. जस्ता विषयमा विशेषज्ञ छलफल भएको थियो।
कार्यक्रममा सहभागी हुन इच्छुकले पोस्टरमा रहेको QR कोड स्क्यान गरी वा https://forms.gle/LDJN16ffNrd3mWZD7 लिंकमार्फत दर्ता गर्न सक्नेछन्।

आयोजकका अनुसार दीर्घकालीन लगानी रणनीति सिक्न चाहने लगानीकर्ता तथा पुँजी बजारमा रुचि राख्ने सबैका लागि यो कार्यक्रम अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ।

You might also like

Comments are closed.