नेपाली बजारमा एक्साइडको नँया विद्युतीय रिक्सा ब्याट्री

१५ महिना लामो वारेन्टी भएको एकमात्र ब्याट्री

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नँया इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ ।

एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो ।विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन ।

यसैगरी, यिनीहरुमा “रगेड ट्युवलर पोजिटिभ प्लेट“ को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ ।

आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नँया उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा कम्पनी ढुक्क रहेको छ । कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नँया एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन ।

 

 

 

You might also like

Comments are closed.