सिराइचुली होटल शुभारम्भको अवसरमा विशेष छुटसहितको प्याकेज

चितवन । चितवनको भरतपुर हाइटमा रहेको सिराइचुली होटलले पर्यटकलाई लक्षित गरी विशेष छुटसहितको प्याकेज ल्याएको छ । हालै सुरु भएको होटलले सेवा शुभारम्भको अवसरमा अफर ल्याएको हो ।

अफर अन्तर्गत एक रातको लागि स्ट्याण्डर्ड रुमको एक जनालाई ३ हजार ५ सय रुपैयाँ र जोडीलाई ४ हजार रुपैयाँ, एक्जुकेटिभ रुमको एक जनालाई ४ हजार रुपैयाँ र जोडीलाई ४ हजार ५ सय रुपैयाँको प्याकेज कायम गरिएको छ । डिलक्स रुमको एक जनालाई ५ हजार ५ सय रुपैयाँ र जोडीलाई ६ हजार रुपैयाँ तथा स्विट रुमको एक जनालाई ८ हजार ५ सय रुपैयाँ र जोडीलाई ९ हजार रुपैयाँ कायम गरिएको छ । यो प्याकेजमा वेलकम ड्रिङक्स, टिमुर रेष्टुरेन्टमा ब्रेकफास्ट, जिमहलको प्रयोग, इन्फिनिटी स्विमिङ पुलको प्रयोग निःशुल्क समावेश गरिएको छ भने वेभ एण्ड वेभरेजमा १० प्रतिशत छुटको व्यवस्था गरिएको महाप्रवन्धक रोशन खवासले जानकारी दिए । यो अफर सेप्टेम्बर ३० सम्म जारी रहनेछ ।

होटलमा स्ट्याण्डर्ड, एक्जुकेटिभ, डिलक्स र स्विट गरी ७१ वटा रुम छन् । १० कठ्ठा जमिनमा सञ्चालनमा आएको यो होटल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ । होटलमा ३ वटा बलरुम छन् । जहाँ कार्यक्रम गर्नका लागि ८० देखि ५०० जनासम्मको क्षमता छ । ५ वटा बोर्ड मिटिङ रुम छन् । २ वटा रेष्टुरेन्ट छन् । पाँचौं तलमा रहेको रुफटप रेष्टुरेन्टलाई ‘कौशी’ नामबाट ब्राण्डिङ गरिएको छ भने ग्राउण्ड फ्लोरमा ‘टिमुर’ रेष्टुरेन्ट छ ।

पाँचौं तलामा आउटडोर इन्फिनिटी स्विमिङ पुलको सुविधा छ । जहाँ साइडसिनको मज्जा लिदै स्विमिङ गर्न सकिन्छ । होटलमा हेल्थ क्लब, स्पा, स्टिमको सुविधा पनि उपलब्ध छ । होटलमा २ वटा बेसमेन्ट पार्किङको सुविधा छ । व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका व्यवसायीहरुको संयुक्त लगानीमा होटल सञ्चालनमा आएको हो । होटलमा झण्डै एक अर्ब रुपैयाँ लगानी भएको बताइएको छ । ‘बजारको नजिक रहेर पनि जंगल र सिटी भ्युको लागि होटल निकै राम्रो छ,’ महाप्रवन्धक खवास भन्छन् । पर्यटकलाई पारिवारिक वातावरणमा सेवा प्रदान हुने उनले बताए ।

You might also like

Comments are closed.