माघ २५ गतेदेखि सीता एयरलाइन्सले दाङ-काठमाडौं उडान भर्ने

काठमाडौं । सीता एयरलाइन्सले माघ २५ गतेदेखि दाङ-काठमाडौं नियमित उडान भर्ने भएको छ । परीक्षण उडान गरेको करिब १२ दिनपछि सीता एयरले नियमित उडान भर्ने भएको हो ।

सीता एयरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले दाङको टरिगाउँ विमानस्थलमा सीता एयरले पहिलो चरणमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको जानकारी दिएका छन् । यद्यपि यात्रुको चाप वृद्धि भएमा हरेक दिन उडान गर्ने महाप्रबन्धक सिंहको भनाइ छ ।

सीता एयरले यही माघ १३ गते परीक्षण उडान गरेको थियो । यसअघि नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ ।

तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले बढीमा ७ हजार ५ सय रुपैयाँ भाडा निर्धारण गर्न आग्रह गरेको जानकारी दिइन् । नेपाल वायु सेवा निगमले ९ हजार १० रुपैयाँ भाडा निर्धारण गरेको छ । अब विमानस्थलमा केही सुधार गर्ने समेत उपमेयर चौधरीले बताइन् ।

 

You might also like

Comments are closed.