काठमाडौं । सीता एयरले दाङको टरिगाउँ विमानस्थलबाट आगामी फागुन ३ गतेदेखि नियमित हवाई उडान भर्ने भएको छ ।
यही २५ माघबाट नियमित उडान गर्ने जानकारी गराएको सिता एयरले फागुन ३ गतेदेखि सेवा दिने गरी एक हप्ता समय सारेको हो ।
तयारी पूरा नभएकाले त्यहाँबाट उडान भर्ने कार्यलाई केही दिन पर सारिएको सीता एयरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
सीता एयरले टरिगाउँ विमानस्थलबाट हप्ताको एक दिन उडान भर्नेछ ।
तुलसीपुर १२ टरिगाउँमा रहेको विमानस्थलबाट फागुन महिनादेखि नियमित उडान भर्ने महाप्रबन्धक सिंहले जानकारी दिए । नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ ।सीताले सो विमानस्थलबाट सफल परीक्षण उडान गरिसकेको छ ।
Comments are closed.