पोखरा । राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्षमा सीता दाहाल निर्वाचित भएकी छन् । भदौ २५ गते सम्पन्न २० औं साधारण सभा तथा अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
सहकारीको उपाध्यक्षमा रवीन्द्र गर्बुजा, सचिवमा ताराकुमारी थापा के.सी., कोषाध्यक्षमा कमला पुन निर्वाचित भएका छन् ।
त्यसैगरी सञ्चालकहरुमा टेकबहादुर पुन, डम्बरबहादुर बानियाँ, मधुमाया पुन चयन भएका छन् भने लेखा समिति संयोजकमा प्रताप पुन, लेखा समिति सदस्यमा गणेशप्रसाद गौतम र रामप्रसाद भट्टराई चयन भएका छन् ।
Comments are closed.