सुरक्षा सर्तकताका साथ खेलकुद

पोखरा ।

पोखरा १४  सितल नगर टोलमा रहेको सितल नगर आमा समुहको आयोजनामा खेलकुदका गतिविधी सम्पन्न भएका छन् । कार्यक्रममा सितलनगर युथ क्लवले सहयोग गरेको थियो ।

कोरोना महामारीका कारण घरमा बसिरहेका महिला र बालबालिकालाई लक्षित गरी फुटवल र ब्याडमिन्टन प्रतियोगिता गरिएको आमा समुहका अध्यक्ष गंगा के.सीले जानकारी दिईन् । बालबालिकाको लागि फुटबल र महिलाको लागि ब्याडमिन्टन प्रतियोगिता गरिएको के.सीले बताईन् ।

jutta mela

घरमा बस्दा आतिएका बालबालिकालाई फ्रेस बनाउन तथा व्यायाम पनि हुने भएकोले सुरक्षा सर्तकताका साथ कार्यक्रम गरिएको कार्यक्रम संयोजक किरण अधिकारी को भनाई छ । कार्यक्रममा टोल विकास संस्थाका सदस्य र आमा समुहका सदस्यको पनि सहभागिता थियो ।

You might also like

Comments are closed.