काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि जारी गरेको हकप्रद शेयरमा आवेदन दिने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । यसअनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको, प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको हो ।
यस प्रयोजनका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। तसर्थ साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल ले कम्पनीलाई आईआरएन सिंगल बी माइनस (IRN B–) इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न कम्पनीको क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्छ ।
सिटिजन्स क्यापिटल लिमिटेड यस निष्काशनको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद शेयरबाट संकलित रकम बैंकहरुको ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ ।
Comments are closed.