काठमाडौं । मोटरसाइकल पारखीलाई भिन्न अनुभव दिने उदेश्यका साथ स्याकार ट्रेडिङका संचालक सौरभ ज्योतीले एस जे मोटोको स्थापना गरेका छन् । स्याकार ट्रेडिङले विगत ५० बर्षभन्दा पहिले देखी नेपालको आर्थिक विकासमा योगदान पुर्याउदै आएको छ । माघ ३० गते लन्च गरिएको एस जे मोटोमा सुपर बाइकहरुका साथै नेपालको इतिहास बोकेका ऐतिहासिक मोटरसाईकलको संकलन समेत गरिएको छ ।
ग्राहकले सुपर बाइक अवलोकन गर्नुका साथै सोही स्थानमा रहेको क्याफेमा कफी र नेपालको संस्कृति झल्कने खानेकुराको पनि आनन्द लिन सक्नेछन् ।
नेपालको नै भिन्न मोटरसाईकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित एस जे मोटोको रिटेल सेक्सन मार्फत ग्राहकले नयाँ तथा रिकण्डिसन सुपर बाइकहरु खरिद गर्नुका साथै विभिन्न ब्राण्डका अफिसियल मर्कन्डाइन कपडा लगायत मार्वल तथा डि.सिका सामान समेत खरिद गर्न सक्नेछन् ।
आफ्नो रहर यथार्थमा परिणत भएको खुसीमा सौरभ ज्योती भन्छन्, “विगत २५ बर्षदेखी मैले मेरा रहरहरु सँगाल्दै आएको छु, आजको दिन सम्म आइपुग्दा मैले नयाँ प्रविधीमा आधारित मोटरसाईकलहरु र नेपाली इतिहास बोकेका एतिहासिक मोटरसाइकलहरुमा लगानी गरेको छु । मेरो जस्तौ कथा र रहर तपाईहरुको पनि होला, त्यसैले तपाईहरुजस्तै मोटरसाइकल पारखीको लागि खुलेको हो एस जे मोटो ।”
Comments are closed.