स्किल वीक २०२३ को समापनमा ४ जनालाई दिग्गजलाई स्किल हिरो अवार्ड प्रदान

काठमाडौं । स्किल वीक २०२३ चौथो संस्करण समापन समारोह आइतबार सम्पन्न भएको छ ।द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमका बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, एकसय भन्दा बढी इच्छुक जनउत्साहीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री माननीय रेखा शर्मा र उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथि रहेका थिए ।
स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर,बढ्दो सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम १३ मार्चदेखि १९ मार्चसम्म सन्चालन भएको थियो ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेका थिए ।यसैबीच यीनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२३ उपाधीबाट सम्मानित गरेको थियो ।
पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि लण्डनस्थित नेपाली शेफ सन्तोष शाह आतिथ्य क्षेत्रमा प्रभावशाली व्यक्तित्व भएकाले स्किल हिरोको रूपमा सम्मानित भएका छन् । त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि  सीमा गोल्छालाई सम्मान गरिएको थियो ।

jutta mela

उनले युवा पुस्ताका लागि Ventriloquism को कार्य प्रदर्शनमा निर्दोष विचार र दृष्टिकोणहरू स्थापित गर्ने क्षमतामा महारत हासिल गरेकी छिन्। उद्यमशीलता विधामा प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यलाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको थियो ।

विज्ञान तथा प्रविधि विधाका लागि नेपालकी एकल महिला उद्धार हेलिकप्टर पाइलट प्रिया अधिकारीले हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर पर्वतारोहीको उद्धार गरेबापत सम्मान गरिएको हो ।

सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२३ नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्गदिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो ।

सीइओ अनप्लग्डको पहिलो प्यानल छलफल “Sustainable Business for Green Ecosnomy” एवम दोस्रो प्यानलमा छलफल “Transformational Leadership” शीर्षकमा आयोजना गरिएको थियो। कार्यक्रमको बीचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनी सम्पन्न गरिएको थियो।

कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संसंस्थाको साझेदारिमा भएको थियो । रणनीतिक साझेदारका रूपमा भारतीय राजदूतावास, अन्तर्राष्ट्रिय श्रम संगठन, युएनएचसीआर, र अनुरोद नेपालस ज्ञान साझेदारको रूपमा Ace Institute of Managementइकोसिस्टम साझेदारको रूपमा Neosphere इन्टरनेट साझेदारको रूपमा Worldlink साझेदारका रूपमा होन्डा, काठमाडौं वल्र्ड स्कूल, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, राकुटेन भाइबरस एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स, आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल; अन्य सहयोगीहरू डिश होम eSewa, Jobs Dynamics, Sakchha, EventsMo र Cozy Home B&B रहेका थिए।

 

You might also like

Comments are closed.