नेपाली सडकमा ४ सय भन्दा बढी स्कोडाको एसयुभी कुशाक

काठमाडौं । नेपालमा बिक्री सुरुवात भएको छोटो समयमा नै स्कोडाको एसयुभी कुशाक लोकप्रिय बनेको छ । गत साउनबाट नेपालमा कुशाकको बिक्री सुरुवात भएको थियो । बिक्री सुरुवात भएको ९ महिनाको अवधिमा नेपाली सडकमा ४ सय भन्दा बढी कुशाक बिक्री भएका छन् ।

स्कोडाको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज हो । कम्पनीले देशभर ९ वटा डिलरमार्फत कुशाक बिक्री गर्दै आइरहेको छ ।

एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाक नेपाली बजारमा अझै लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । स्कोडा युरोपियन लिडिङ ब्राण्ड मानिन्छ ।

नेपालमा स्कोडा गाडी विगत सन् २००८ देखि एम.ए.डब्लु. इन्टरप्राइजेजले उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले देशभर सुविधासम्पन्न शोरुमसँग सर्भिस सेन्टर पनि विस्तार गरिरहेको छ । ग्राहकमुखी सेवाप्रति प्रतिबद्ध रहँदै बिक्री पछिको सेवालाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.