स्काइवेल नेपाली ग्राहकले छिट्टै चढ्न पाउने, रेन्ज ६२० किमी

काठमाडौं । नयाँ विद्युतीय ब्रान्डको गाडी स्काइवेल नेपाली ग्राहकले छिट्टै चढ्न पाउने भएका छन् । जि. मोटर्स प्रालिले चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काइवेललाई छिट्टै नेपाली बजारमा उपलब्ध गराउने तयारी गरेको हो । चीनबाट नेपालका लागि गाडीहरु छुटिसकेको र छिट्टै भन्सार प्रक्रिया सकी नेपाली बजारमा भित्रने कम्पनीका प्रवन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । ‘अब तीन साताभित्रै गाडी नेपाली सडकमा देख्न सकिनेछ,’ उनले भने । गेलाल बिगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आवद्ध छन् ।

विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी नेपाली ग्राहकलाई उपलब्ध गराउन लागेको गेलाले बताए । ‘पहिलो चरणमा नेपालमा ४० वटा गाडी भित्रिनेछन्,’ उनले भने, ‘गाडी बुकिङ गरिसकेका ग्राहकले गाडी पाउनेछन् र नयाँ ग्राहकले गाडी बुकिङ¬ गर्न सक्नेछन् ।’ प्रिमियम एसयुभी नेपाली बजारमा लोकप्रिय हुने गेलालले विश्वास व्यक्त गरे । गाडीको मूल्य एक करोड ९ लाख रुपैयाँ पर्ने जनाइएको छ । ‘गाडीको विशेषता र प्रविधिअनुसार यो मूल्य सस्तो हो,’ उनले भने ।

स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की, रसिया लगायत ४८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । स्काइवेलको विद्युतीय एसयूभी इटी ५ नेपाल आउनेछ । नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीमध्ये सर्वाधिक रेन्जको दिने गाडमिा इटी ५ पर्ने गेलाल बताउँछन् । स्काइवेल ईटी ५ ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने गेलालले जानकारी दिए ।

स्काइवेल ईटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । स्काइवेल ईटी ५ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । ‘यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ,’ गेलालले भने, ‘यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी छ । जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राइभिङ अनुभूति दिलाउने छ ।’

स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित एक्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्नेछ ।

२०७४ मा स्थापना भएको जी मोटर्सले नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ । जी मोटर्सले काठमाडौं र इटहरिमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ ।

पछिल्लो समय विद्युतीय सवारीप्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी ईभीमार्फत स्वाइवेल ब्रान्ड आधिकारिक रूपमा ल्याएको हो । विद्युतीय एसयूभीमा पनि प्रिमियम सेमगेन्टका उपभोक्तालाई उपयुक्त मूल्यमा सवारी उपलब्ध गराउने उद्देश्यले जी ईभीले नयाँ ब्रान्ड भित्र्याइएको प्रालिका निर्देशक पारशमणि गेलालले बताए ।

You might also like

Comments are closed.