प्रीमियम इभी एसयुभी ‘स्काईवेल’ सार्वजनिक, सर्वाधिक रेन्ज, उत्कृष्ट फिचर

काठमाडौं । विगत ७ वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रा.लि.ले चाइनाको विश्व प्रख्यात ब्रान्ड स्काईवेलको प्रीमियम लक्जरी ईभी एसयुभी सार्वजनिक गरेको छ । ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ प्राप्त रियल इभी यसयुभि बिहीबार सार्वजनिक गरिएको छ । सोही अवसरमा जी मोटर्स प्रा. लि. को राधेराधे भक्तपुरस्थित स्काईवेल शोरुमको उद्घाटन पनि गरिएको छ । गाडी सार्वजनिक भएकै दिन ९ थान गाडी ग्राहकलाई डेलिभरी गरिएको प्रालिले जनाएको छ ।

नेपालस्थित चिनिया दुतवासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनिया प्रतिनिधी थोमस जु र जी मोटर्स प्रा.लि.का अध्यक्ष दुर्गाप्रसाद गेलालले शोरुमको उद्घाटन गरी गाडी सार्वजनिक गरेका हुन् ।

नाडा अटो शोबाट औपचारिक बुकिङ एवं ब्रान्डको बिक्री शुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रिमियम एवं नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने (सिंगल चार्जमा ६२० किमीको दुरी तय गर्ने) र ८५.९ किलोवाट आवरको ब्याट्री प्याकमा गाडी उपलब्ध गराएको छ । गाडी सार्वजनिकको भएको अवसरमा ग्राहकको हितलाई ध्यानमा राख्दै १ वर्षको निःशुल्क बीमा, सडक कर, एक्स्चेन्ज सुबिधामा आकर्षक बोनस र विशेष छुट सुविधा उपलब्ध गराइएको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए । ‘यो छुट वैशाख महिना भर लागु हुनेछ,’ उनले भने ।

jutta mela

विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको गेलालले बताए । स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

नेपालमा उपलब्ध स्काईवेल इटि ५ का प्रीमियम र विशेष विशेषताहरु यस्ता छन्ः

– ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी)
– १५० किलोवाट मोटर क्यापासिटी
–  फाइभ स्टार सेफ्टी
–  ६२० किमी रेन्ज (नेपालै पहिलो पटक)
– अटो पार्किङ
– मेट्रिक्स लेजर हेडलाइट
– मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर
– फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ
– लक्जरी 2 level foldable rear seats

स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । स्काइवेल ईटी५ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ । यसको टपस्पिड १६० प्रतिघन्टा भन्दा बढि रहेको छ, जस्ले उपभोक्तालाई उच्च गतिको सवारी ड्राईभिङ अनुभूति दिलाउने छ ।

स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ ।

स्काईवेल ईटि५ को नेपाली बजार मूल्य १ करोड ९ लाख रुपैयाँ कायम गरिएको कम्पनीले जनएको छ ।

२०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलर बनेर बिक्री गर्दै आएको छ । जी मोटर्सले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।


जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल बिगत १६ वर्षदेखि आटोमोबाइल क्षेत्रमा आवद्ध छन् । लामो समयको सवारी बिक्री अनुभवमार्फत स्वाइवेल ब्रान्ड सहित नेपाली उपभोक्ता र यहाँको भूगोल सुहाउँदो प्योर ईभी प्ल्याटफर्मका विद्युतीय सवारी बिक्रीमा आफू होलिएको उनले बताए ।

You might also like

Comments are closed.