‘स्काइवेल ड्राइभ–२०२५ नेपाल टु युरोप’ क्याम्पेन अन्तर्गत पोखरा शोरुममा पनि आकर्षण

पोखरा । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काइवेल ड्राइभ गर्ने ग्राहकलाई स्काइवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ । ‘स्काइवेल ड्राइभ–२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भई स्काइवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

यो अफर अन्तर्गत पोखरा डिलरमा पनि स्काइवेल गाडी खरिदमा आकर्षण देखिएको पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इको मोटर्स प्रालिका प्रवन्ध निर्देशक अर्जुन गिरीले जानकारी दिए । पोखरामा स्काइवेलको शोरुम बुद्धचोकमा छ । शुक्रबार मात्रै ४ वटा स्काइवेल बुकिङ भएको जनाइएको छ ।

स्काइवेल विई११ तथा स्काईवेल ईटी५ खरिद गर्दा ग्राहक जोडीलाई नै युरोप भ्रमणमा लैजाने कम्पनीले जनाएको छ । स्काइवेल युरोपियन बजारमा लोकप्रिय ब्राण्ड हो । युरोपेली सुरक्षा मापदण्डअनुसार बनेको स्काइवेल विई११ ले सिएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङसमेत प्राप्त गर्न सफल भइसकेको छ । चीनमा निर्मित ईभीमा ईयु सर्टिफिकेशन प्राप्त गर्ने पाहलो प्रडक्ट पनि हो ।

आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेको स्काइवेल नेपालमा उपलब्ध एक रियल इभी एसयुभी हो । काठमाडौंबाट नेपालको कुनै पनि गन्तब्यमा सिंगल चार्जमा सजिलै पुग्न साकने स्काइवेलले दिने ६२० किलो मिटरको रेन्जले स्काइवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो । उच्च स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाइनिज इभी विरलै पाइन्छन् । जसमा स्काइवेलले भने बाजी मारेको छ । युरोपेली मुलुकहरुमा स्काइवेलले राम्रो सफलता हात पारेको छ ।

यो दावी गरिरहँदा यसलाई यथार्थमा पुिष्ट गर्न र ग्राहकलाई आफ्ना सवारीसाधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरयन्स गराउने उद्देश्यका साथ स्काइवेलको लागि नेपालको आयातकर्ता जि।मोटर्स प्रालिले यो विशेष योजना ल्याएको बताइएको छ । ‘स्काइवेल ड्राइभ–२०२५ नेपाल टु युरोप’ योजना अन्तर्गत स्काइवेलका जुनसुकै एसयुभी खरिदकर्ता जोडीले युरोपमै गएर स्काइवेल ड्राइभको मौका प्राप्त गर्नेछन् । सन् २०२५ मोडेलको जुनसुकै भेरीयन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नेछन ।

यसका लागि आफूले स्काइवेल टेस्ट ड्राइभ गर्दाको अनुभव कुनै पनि सोसल मिाडयामा शेयर गरि ह्यासट्याग टेस्ट ड्राइभ स्काइवेल ह्यास ट्याग ‘स्काइवेल ड्राइभ नेपाल टु युरोप’ लेख्नुपर्नेछ । यसरी टेस्ट ड्राइभमा सहभागी हुने ग्राहक मध्ये २ जना बिजेताले समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काइवेल ड्राइभको मौका प्राप्त गर्नेछन् । नेपाली बजामार उपलब्ध स्काइवेलको ईटी ५ लङ रेन्ज भेरियन्ट हो, जसको बिक्री मूल्य १ करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, विई११ को मूल्य ७९ लाख ९० हजार र ८९लाख ९० हजार पर्छ । विई ११ ४१० र ५२० किलोमिटर रेन्जमा उपलब्ध छ । स्काईवेलका यी दुवै मोडल फुल साइज एसयुभी हुन् ।

स्काइवेलले भक्तपुरको राधेराधे र इटहरिमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरि, चितवन र पोखरामा बिक्री कक्षहरु सञ्चालन गर्दै आएको छ ।

You might also like

Comments are closed.