काठमाडौं । नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारी साधन (EV) प्रतिको आकर्षण बढिरहेका बेला, चिनियाँ विद्युतीय गाडी ब्राण्ड स्काईवेलले चितवनको भरतपुरमा आफ्नो आधिकारिक डिलर नियुक्त गरेको छ ।
आज एक विशेष वैदिक पुजा एवं औपचारिक कार्यक्रमका बीच स्काईवेलका लागि नेपालको आधिकारिक वितरक जि मोटर्स प्रा. लि. ले भरतपुरका लागि H3R Motors प्रा. लि. लाई आधिकारिक डिलर नियुक्त गरेको हो । भरतपुरको मुटुमा अवस्थित नयाँ शोरुमको उद्घाटन समारोहमा जि मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल र H3R Motors प्रा. लि. का अध्यक्ष हरि भण्डारी ज्युको विशेष उपस्थिति रहेको थियो ।
यस नयाँ शोरुमले चितवन र आसपासका क्षेत्रका ग्राहकहरुलाई स्काईवेलका विश्वस्तरीय विद्युतीय गाडीहरुको बिक्री, सेवा र स्पेयर पार्ट्स (३एस सुविधा) प्रदान गर्नेछ । अत्याधुनिक डिजाइन र लामो रेन्जका लागि परिचित स्काईवेलका गाडीहरु अब भरतपुरबाटै खरिद गर्न सकिने भएको छ ।
शोरुम शुभारम्भकै पहिलो दिनमा नै H3R Motors ले आफ्नो पहिलो ग्राहक पाएको छ । कृष्ण रेग्मीले स्काईवेलको लोकप्रिय मोडल BE11 (जसले एक पटकको फुल चार्जमा ५२० किलोमिटरसम्मको प्रभावशाली रेन्ज प्रदान गर्दछ) बुकिङ्ग गरेका छन् । पहिलो दिनमै भएको यो बुकिङले चितवनमा स्काईवेल ब्राण्डप्रतिको उत्साह र विश्वासलाई दर्शाएको छ ।
भरतपुरमा स्काईवेलको आधिकारिक शोरुम सञ्चालनमा आएसँगै यस क्षेत्रमा विद्युतीय गाडीको पहुँच अझ सहज हुने र नेपाल सरकारको दिगो यातायात र स्वच्छ उर्जाको लक्ष्यलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
Comments are closed.