नाट्टा र बिआइटिएमद्वारा आयोजित कार्यक्रममा स्काइवर्थ इभी बस सार्वजनिक

काठमाडौं । नाट्टा र बिआइटिएमद्वारा आयोजित कार्यक्रममा टाइम्स बिजनेसको प्रस्तुतीमा स्काइवर्थ इभी बस सार्वजनिक भएको छ ।

पर्यटन प्रवद्र्धन र दिगो यातायात समाधानतर्फको यात्रालाई समर्पित गर्दै नाट्टा (नेशनल एसोसिएसन अफ ट्राभल एण्ट टुर्स एजेन्स) र बिआइटिएम (बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट) द्वारा आयोजित विशेष कार्यक्रममा टाइम्स बिजेनसको प्रस्तुतीमा स्काइवर्थ इलेक्ट्रिक बस सार्वजनिक गरिएको हो ।

विद्युतीय प्रविधिमा आधारित, वातावरणमैत्री र आरामदायी विशेषताहरूले सजिएको स्काइवर्थ इभी बसले कार्यक्रममा सहभागी व्यावसायिक प्रतिनिधिहरू, पर्यटन क्षेत्रका विज्ञहरू र अतिथिहरूको उल्लेखनीय ध्यान खिच्न सफल भएको थियो । बसमा रहेको उच्च ग्राउण्ड क्लियरेन्स, उत्कृष्ट एप्रोच तथा डिपार्चर एङ्गल, प्रशस्त लगेज स्पेस र १९ थियटर सिटहरूको संयोजनले यो बसलाई पर्यटन यातायातका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गर्ने विश्वास गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा रिबन कटिङ समारोह सम्पन्न भएको हो । जसपश्चात उनले केही समय बसभित्र बिताउँदै यसको प्रविधि, आन्तरिक सुविधा र यात्रु अनुभवका पक्षहरू नजिकबाट अवलोकन गरे ।

स्काइवर्थ इभी बसको सुरुआती मूल्य ७५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । उक्त मूल्यमा यस्तो आधुनिक प्रविधि र सुविधा उपलब्ध गराउनु टाइम्स बिजनेसको दीर्घकालीन सोच र दिगो भविष्यप्रतिको प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै टाइम्स बिजनेसका अध्यक्ष दिपक राज गिरीले सबै आयोजक, सहभागी र सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै नेपालको पर्यटन पूर्वाधारमा यस्तो प्रविधिमा आधारित समाधानले नयाँ सम्भावनाहरूको ढोका खोल्ने अपेक्षा व्यक्त गरे ।

स्काईवर्थ इभी बस नजिकबाट अवलोकन गर्न चाहने सबैलाई आयातकर्ता टाइम्स बिजनेसको बल्खुस्थित शो–रूममा उपस्थित हुन आह्वान गरिएको छ ।

You might also like

Comments are closed.