चालु आबमा १२ हजार युवालाई स्वरोजगार बनाउँदै युवा स्वरोजगार कोष

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले चालु आर्थिक वर्षमा १२ हजार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले यस वर्ष १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम अगाडि बढाइएको जानकारी दिए ।

विपन्न तथा पिछडिएका युवाहरुलाई सकेसम्म छिटो उद्यमी बनाउने गरी कार्यक्रम अगाडि बढाउने अधिकारीले बताए । कोषको कार्यकारी निर्देशकमा हालै नियुक्त भएर कार्यभार सम्हालेका अधिकारीले युवाहरुलाई स्वरोजगार सिर्जना गर्नेगरी कार्ययोजना अगाडि बढाइसकेको जानकारी दिए ।

देशभर ७५ जिल्लामा स्वरोजगार सहजकर्ता छन् । सहजकर्ताहरु युवाहरु कोषको कार्यक्रममा जोडिनसक्ने अधिकारीले बताए । बैंक तथा वित्तीय संस्था, सहकारी र स्थानीय तहसँग सहकार्य तथा समन्वय गरी युवाहरुलाई स्वरोजगार बनाउने अभियान अगाडि बढाउने जानकारी दिए ।

jutta mela

कोषको स्थापना २०६५ मा भएको हो । हालसम्म ९० हजार भन्दा बढी युुवाहरु कोषमार्फत स्वरोजगार बनिसकेको अधिकारीले बताए । ‘यस वर्ष लक्ष्यलाई शतप्रतिशत पुरा गर्ने हाम्रो योजना छ,’ उनले भने, ‘व्यावसायिक वातावरण सुधार हुँदै जानु र कोरोना संक्रमणमा पनि कमी आउँदै गएकाले लक्ष्यलाई पुरा गर्न सकिनेमा विश्वस्त छौं ।’

युवाहरुलाई कोषले बिना धितो कर्जा प्रवाह गर्दै आइरहेको छ । कोषले ब्याजमा ६० प्रतिशत अनुदान दिन्छ भने व्यवसायको बिमासमेत गर्दिन्छ । विपन्न युवाहरुलाई बिनाधितो कर्जा प्रदान हुँदै आइरहेको छ ।

You might also like

Comments are closed.