साना किसान लघुवित्तको नाफामा सुधार, प्रतिशेयर आम्दानी १६.८५ रुपैयाँ

काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आफ्नो नाफामा सामान्य सुधार गरेको छ। संस्थाले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, नौ महिनाको अवधिमा ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९५ प्रतिशतले बढी हो। गत वर्ष यसै अवधिमा संस्थाले ५३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी भने ११.२६ प्रतिशतले घटेर एक अर्ब ३९ करोड ३४ लाख रुपैयाँमा झरेको छ। यद्यपि, संस्थाको सञ्चालन मुनाफा ७९ करोड १७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा एक अर्ब ५६ करोड रुपैयाँ पुगेको उत्साहजनक अवस्था छ।

यस अवधिमा संस्थाको खराब कर्जा भने केही बढेको देखिएको छ। चैत मसान्तसम्ममा संस्थाको खराब कर्जा २.४१ प्रतिशतबाट बढेर २.५५ प्रतिशत पुगेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा संस्थाको प्रतिशेयर आम्दानी १६.८५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३१.७१ रुपैयाँ कायम भएको छ। चार अर्ब ३१ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्ममा लघुवित्तले दुई अर्ब ८८ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन तथा २० अर्ब ५९ करोड रुपैयाँ सापटी लिएर कुल ३२ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख छ।

You might also like

Comments are closed.