स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा ०% किस्ताको सुविधा सुरु

काठमाडौं । के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि. सँग मिलेर आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योरका लागि ०% किस्ताको सुविधा ल्याएको छ ।

यस सहकार्यले नेपालमा घरेलु उपकरणको बजारमा ठूलो परिवर्तन ल्याउने लक्ष्य राखेको छ। यसले गर्दा अब देशभरका परिवारहरूले राम्रा उपकरण सजिलै किन्न सक्नेछन् । यो सुविधा अनुसार ग्राहकहरूले आफूले रोजेका स्काईवोर्थ र लिभप्योरका उपकरणहरू १२ महिनासम्म बिना ब्याजको किस्तामा किन्न सक्छन्। यसले एकैपटक ठूलो रकम तिर्नु पर्ने बोझ हट्नेछ ।

सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेस प्रा. लि. का तर्फबाट श्री अमित बज्रचार्य (उपमहाप्रबन्धक), श्री विवेक राठी (वरिष्ठ मार्केटिङ अधिकृत), र श्री अमित ठाकुर (सहायक वित्त प्रबन्धक) र जगदम्बा हायर पर्चेज लि. का तर्फबाट श्री पल्लव श्रेष्ठ (व्यापार इकाई प्रमुख) ले हस्ताक्षर गरेका छन् ।

यस सम्बन्धमा स्मार्ट अप्लायन्सेसका प्रतिनिधिले भन्नुभयोः “जगदम्बा हायर पर्चेजसँगको यो साझेदारी देशभरका ग्राहकहरूलाई थप सुविधा दिने हाम्रो लक्ष्यमा महत्वपूर्ण कदम हो । हामी विश्वास गर्छौं कि हरेक परिवारले राम्रा उपकरण प्रयोग गर्न पाउनुपर्छ, र यो ०% किस्ताको सुविधाले त्यो सम्भव बनाउँछ ।“

यो योजनाले ग्राहकहरूका लागि सुविधा र किफायती मूल्यमा सामान उपलब्ध गराउने स्मार्ट एप्लायन्सेजको प्रतिबद्धता देखाउँछ । एकैपटक ठूलो रकम तिर्नु नपर्ने यस सुविधाले धेरै नेपाली परिवारहरूले स्काईवर्थ र लिभप्योरका गुणस्तरीय र भरपर्दो उपकरणहरू प्रयोग गर्न सक्नेछन् । यसले नेपालको घरेलु उपकरण क्षेत्रमा ग्राहक सुविधाको नयाँ स्तर कायम गर्नेछ ।

You might also like

Comments are closed.