स्मार्ट दाइ लिमिटेडद्वारा ‘स्मार्ट दाइ’ एप्लिकेसन सार्वजनिक

काठमाडौं । वि.स. २०८० मा सुरु भएको सूचना प्रविधि कम्पनी स्मार्ट दाइ लिमिटेडले ‘स्मार्ट दाइ’ नामक एप्लिकेसन विकास गरेको छ । शनिबार एक कार्यक्रमबीच एप्लिकेसन सार्वजनिक गरिएको छ । कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं ३ मा छ ।

स्मार्ट दाई एप्लिकेसनको माध्यमबाट इलेक्ट्रिसियन सेवा, नेटवर्किङ्, कम्प्युटर, टिभि, वासिङमेसिन, फ्रिज, एसि लगायतका इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्विङ सेवा, सेफ्टीट्याङकी सफाई, रुफट्याङ्क सफाई, फोटोग्राफी, भिडियोग्राफी सेवा, पेष्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङ लगायतका विभिन्न घरायसी तथा कर्पोरेट सेवाहरु सजिलै प्राप्त गर्न सकिन्छ ।

एप्लिकेसनले सेवाग्राही र सेवा प्रदायकलाई एक आपसमा जोड्ने सम्बन्ध सेतुको कार्य गर्ने बताइएको छ । एप्लिकेसन प्लेस्टोर तथा एपस्टोरवाट सजिलै डाउनलोड गरी एन्ड्रोइड तथा आइओएस दुवैमा चलाउन सकिन्छ । साथै धधध।कmबचतमबष्।अयm वेवसाइट खोली डेक्सटपबाट पनि यो सेवा प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

एप्लिकेसनको प्रयोगबाट विशेष गरी शहरी क्षेत्रमा यस्ता घरायसी र कर्पोरेट सेवा प्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवा प्रदायक नपाउने समस्या समाधान गरी सेवाप्रवाहलाई छिटो छरीतो बनाई प्रयोगकर्ताको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।

शेयर लगानीकर्ताहरुको भेलाबीच एप्लिकेसनको शुरुवात गरिएको हो । स्मार्टदाई एपलाई निरन्तर रुपमा परिमार्जन गरी प्रयोगकर्ता मैत्री र विस्वसनीय बनाउदै गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको बताइएको छ ।

You might also like

Comments are closed.